साधारण सेयर आबेदनमा आजदेखि नौलो अनुभव गर्नुहोस्, भए भरको पैसा फरवार्डमा नखन्याउनुहोस्

Jan 22, 2017 Merolagani

नेपालको सेयर बजारमा साधारण सेयरमा लगानी गर्दै आएका र लगानी गर्न चाहने लगानीकर्ताहरुले आजदेखि नौलो अनुभव गर्न पाउने भएका छन् । यसअघि लामो र झंझटिलो प्रक्रियाबाट लाईन बसेर सेयर आबेदन गर्दै आएका र सेयर नपरेको रकम पनि त्यसै गरी लामो लाईन बसेरै फिर्ता लिन कष्ट सहँदै आएकाहरुलाई आजदेखि लागु भएको आश्बा प्रणालीले सुख र सरलताको अनुभुति दिलाउने नै छ ।

यो अनुभुति प्राप्त गर्ने पहिलो माध्यम भएको छ फरवार्ड कम्युनिटी माईक्रोफाईनान्सको साधारण सेयर (आईपीओ) आबेदन । तर यसो भन्दैमा आफुसँग भएको सबै पैसा फरवार्डको आईपीओमा नखन्याउनुहोस् । यसो भनिनुको धेरै महत्वपूर्ण कारणहरु छन् । 

खुल्यो फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको आइपिओ, यसरी गर्नुहोस आवेदन

के हो एप्लिकेसन सपोर्टेड बाई ब्लक्ड एमाउन्ट अर्थात आस्वा ? यसरी गर्नुहोस सजिलै सेयर आवेदन

फरवार्ड कम्युनिटी डेभलपमेण्ट बैंक नेपालमा आस्बा प्रणालीबाट सेयर आवेदन संकलन गर्ने पहिलो कम्पनी बनेको छ । माइक्रोफाइनान्सले निष्काशन गरेको छ लाख कित्ता साधारण सेयरका लागि लगानीकर्ताले नबिल इन्भेष्टको कार्यालय, फरवार्डको देशभरिका कार्यालयरु र एभरेष्ट बैंकका उपत्यकाका कार्यालयहरुबाट आबेदन प्राप्त गरी बुझाउन सकिने भएको छ ।

फरवार्डको आईपीओमा आबेदन गर्न आश्बा प्रणालीमा आबद्ध भएका ३४ बैंक तथा बित्तीय संस्थाका देशभरि रहेका शाखाहरुबाट आबेदन पत्र प्राप्त गर्न र बुझाउन पनि सकिने भएको छ । यसका लागि निर्धारित प्रक्रिया पुरा गरी आफ्नै बैंक खातामा रकम रोक्का राखेर आबेदन गर्न सकिने भएकाले सेयर नपरेको पैसा फिर्ता लिन पछि झंझट हुने छैन र आफ्नो बचत खातामा रहेको रकमको ब्याज पनि प्राप्त गर्न सकिने छ । सेयर परेको पैसा मात्र पछि बैंक खाताबाट काटिने छ । यस्तो सुबिधा यसअघि नेपालका लगानीकर्ताले यस अघि कहिल्यै नपाएकाले यो नौलो अनुभव हुनेछ । सारा झंझटहरु ब्यहोर्न नपरे वापत तपाईले प्रति आबेदन एक सय रुपैयाँ भने शुल्क तिर्नुपर्छ । तपाइँ आश्बा प्रणालीमार्फत आबेदन गर्न र शुल्क बुझाउन चाहनुहुन्न भने घण्टौका लामो लाईन बसेर पसिना पुछ्दै आबेदन गर्नबाट तपाइँलाई कसैले रोक्न सक्दैन, आश्बा ऐच्छिक रुपमा मात्र लागु भएको छ ।

सबै सेयर आबेदकले याद राख्नुपर्ने कुरा भने सेयर आबेदन गर्न तपाईले सेयर राख्ने हितग्राही ( डिम्याट) खाता खालेकै हुनुपर्छ र आफ्नै बैंक खाता हुनु अनिबार्य छ ।

फरवार्ड कम्युनिटी देशभरि शाखा संजाल भएको राम्रो लघुवित्त भए पनि सर्बसाधारणमा बिक्रीमा आएको सेयर पाँच लाख ४० हजार कित्ता मात्र भएकाले सबै आबेदकले सेयर पाउने संभावना अत्यन्त कम हुँदा यसमा चिठ्ठा प्रणाली लागु हुने छ । यस्तो अबस्थामा एउटै आबेदनमा धेरै रकम फसाउनु फाईदाजनक नहुनसक्छ । अहिले तरलता संकट गहिरिएको, धेरै लगानीकर्ताको पैसा नेपाल लाईफको एफपीओमा फसेको र हकप्रदमा बिक्री नभएका कम्पनीहरुको सेयर लिलाममा आउने क्रम पनि बढेको छ । कतिपय कम्पनीहरुको आईपीओ लागत मूल्यमै दोस्रो बजारमा सेयर पाउने अबस्थामा सानो कम्पनीको एउटै कम्पनीको आईपीओमा मरिमेटेर लगानी खन्याउनुपर्ने कारण पुष्टि हुनसक्दैन ।

बिगतमा जारी भएका यस्ता साना खाले कम्पनीहरुमा लगानीकर्ताहरुको ओईरो लाग्दा सेयर बाँडफाँड हुँदाको नतिजाले पनि लगानीकर्तालाई कति रकमको आबेदन गर्ने भन्ने बारेमा सतर्क गराउँछ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।