आईतबार प्रकाशित बित्तीय बिबरण अनुसार सिद्धार्थले गत आथिक बर्षको दोस्रो त्रैमाससम्ममा ४८ करोड खुद नाफा गरेकोमा यस आर्थिक बर्षको सोही अबधिसम्ममा त्यसलाई बढाएर ७२ करोड पुर्याएको छ । उसको खुद नाफामा ५० प्रतिशतले बढोत्तरी भएको देखिन्छ । तर प्रति सेयर आम्दानी भने ४० रुपैयाँबाट २७ रुपैयाँमा झरेको छ ।
लगानीकर्तालाई अचम्ममा पार्ने यो कारण अरु केही नभएर उसले बोनस र हकप्रद जारी गरी चुक्ता पूँजी दुई अर्ब ४७ करोडबाट पाँच अर्ब २३ करोड पुर्याउनु हो । यसले केही समयअघि बिक्री गरेको २५ प्रतिशत हकप्रद र यही माघ २० गते सेयरधनी दर्ता किताब बन्द गर्ने गरी बितरण गर्न लागेको ३९ प्रतिशत बोनस सेयरलाई समेत पूँजीकृत गरेकाले प्रति सेयर आम्दानी निकै तल देखिएको हो ।
नोटः रकमलाई करोडमा देखाईएको छ ।
निस्क्रिय कर्जा अनुपात केही बढेर त्यस वापतको रकम बढाउनु परे पनि उसको समग्र बित्तीय अबस्था उत्सााहप्रद नै देखिएको छ । निक्षेप संकलन र कर्जा प्रबाहलाई आक्रमक रुपमा बढाएको बैंकको कर्जा निक्षेप अनुपात ७७.९२ प्रतिशतमा पुगेकाले थप कर्जा लगानीलाई समस्या हुनसक्छ ।