३३ प्रतिशत हकप्रद जारी गरेपछि चुक्ता पूँजी तीन अर्ब ७० करोडबाट चार अर्ब ९४ करोड पुग्दा प्रति सेयर आम्दानीमा केही कमी आएको छ तर ब्याज आम्दानी र संचालन मुनाफामा भएको बढोत्तरी, निक्षेप र कर्जा बिस्तारमा गरेको प्रगतिले उसका आगामी दिनहरु सुखद हुने देखिन्छ ।
नोटः रकमलाई करोडमा देखाईएको छ ।
अरु बैंकहरुले लगानीयोग्य रकमको चर्को अभाव सामना गरिरहेको बेला प्राईमसँग निक्षेप र कर्जा अनुपात ७६ प्रतिशत रहेको अबस्थामा उसले अझै केही रकम कर्जा बिस्तार गर्नसक्ने अबस्था छ । गत आर्थिक बर्षको खुद नाफाबाट बितरण गर्ने १७.२५ प्रतिशत बोनस सेयर पूँजीकृत हुनै बाँकी रहेकोले उसले आगामी दिनमा गर्ने प्रगतिमा प्रति सेयर आम्दानी कति होला भन्ने कुरा निर्भर रहने देखिन्छ ।