देव बिकास बैंकको ५० प्रतिशत हकप्रद खुल्यो, फागुन १५ गतेसम्म आवेदन गर्न सकिने

Jan 22, 2017 merolagani

देव विकास बैंक (DBBL) को पचास प्रतिशत हकप्रदको बिक्री आज बाट खुलेको छ । राष्ट्र बैंकले ताकेको पूँजी पुर्याउने चटारोमा बैंकले निष्कासन गरेको हकप्रदमा आगामी फागुन १५ गतेसम्म आवेदन गर्न सकिनेछ । बैंकको हकप्रदमा पुस १८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् ।


 बैंकले सेयरधनीहरुलाई ४४ लाख ५ हजार ४ सय ४० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । बैंकको दश कित्ता सेयर हुनेले पाँच कित्ताको लागि आवेदन गर्न सक्नेछन् ।

हाल बैंकको चुक्ता पुँजी ८८ करोड १० लाख रुपैयाँ रहेको छ । हकप्रद निष्काशन पश्चात देवको चुक्ता पुँजी एक अर्ब ३२ करोड रुपैयाँ पुग्नेछ । गतबर्षको कमाईबाट बाँडेको १४ प्रतिशत बोनस समेत गर्दा बैंकको पूँजी करिब एक अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ ।

बैंकको सेयर निष्काशन तथा विक्रि प्रवन्धक एनआइबीएल क्यापिटल रहेको छ । सेयरधनीले क्यापिटलको कार्यालयका साथै देव विकास बैंकको सम्पुर्ण शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको पोखरा, विराटनगर र वीरगन्ज शाखा र गुडविल फाइनान्सको नेपालगन्ज र इटहरी शाखाबाट समेत आवेदन दिन सक्ने छन् ।

बैंकले चालु आर्थिक बर्षको पुषमसान्तसम्मा १४ करोड तीन लाख ७९ हजार रूपैयाँ खुद नाफा कमाएको छ । साथै बैंकले खराब कर्जालाई घटाएर एक दशमलव ७० प्रतिशतमा झारेको छ । यसअवधिमा बैंकले ९ अर्ब रुपैंया निक्षेप संकलन गरेर ८ अर्ब कर्जा प्रवाह गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।