जनतासँग केही उपाय नभएपछि त्रिबेणीलाई गाभेर फेरि ल्याउने भयो ६० प्रतिशत हकप्रद

Jan 22, 2017 Merolagani

नेपाल राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्ता पूँजी पुर्याउनु पर्ने बाध्यतामा रहेको जनता बैंक(JBNL)ले त्रिबेणी बिकास बैंक(TBBL)लाई गाभ्दा पनि पूँजी नपुग्ने भएपछि ६० प्रतिशत हकप्रद जारी गर्ने तयारी थालेको छ ।

त्रिबेणी बिकास बैंकले जनता बैंकसँगको मर्जलाई अन्तिम रुप दिन आगामी फागुन १ गते चितवनको नारायणगढमा बोलाएको साधारणसभामा मर्जपछि ६० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव लगिने जनाएको छ ।

जनता बैंकको आन्तरिक समस्याले राष्ट्र बैंकले प्रस्ताबित बोनस स्वीकृत नगरेपछि जनता बैंक अफठेरो अबस्थाबाट गुज्रिएको छ । त्रिबेणी बिकास बेंकलाई गाभेपछि जनताको चुक्ता पुँजी पाँच अर्ब नकट्दा तीन अर्ब भन्दा बढी रकम कहाँबाट ल्याएर २०७४ असार मसान्तको बित्तीय बिबरणमा आठ अर्ब देखाउने भन्ने चिन्ता जनताका प्रबद्र्धकहरुलाई थपिएको छ । यसअघि जारी गरिएको ५० हकप्रदमा समेत जनताका प्रबद्र्धकहरुले पुरै पैसा हाल्न नसकेको अबस्थामा फेरि ६० प्रतिशत हकप्रद अर्को टाउको दुखाई बन्ने निश्चित छ ।

शत प्रतिशत स्वाप रेसियोमा गाभिएपछि दुबै बैंकको चुक्तापूँजी जोड्दा चार अर्ब ९० करोड हाराहारीमा पुग्नेछ ।

जनतामा नेकपा एमाले निकटका ब्यक्तिहरुको लगानी रहेको छ । एमाले निकटका ब्यक्तिहरुको बाहुल्यता रहेको टुरिजम डेभ्लपमेन्ट बैंकलाई मेगा बैंकले लगेपछि जनताले आफुमा मिलाउने संस्थाहरु नभएको बताईन्छ । जनताले टुरिजमलाई शतप्रतिशत स्वाप रेसियो दिने प्रस्ताव गरे पनि उसको प्रयास सफल हुन सकेन ।

उता एमाले निकटकै ब्यक्तिहरुको बाहुल्यता रहेको सिभिल र सेन्चुरी बैंकलाई पनि चुक्ता पूँजी आठ अर्ब पुर्याउन मुस्किल पर्ने देखिएको छ । सिभिलको खराब कर्जाको अबस्थामा सुधार नआए राष्ट्र बैंकको कारबाहीमा पर्ने संभावना बढ्ने हुँदा हकप्रद नै एकमात्र उपाय हुनसक्छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।