मुक्तिनाथ विकास बैंकले पनि पायो आस्वा अनुमति, केही दिनमा केन्द्रीय कार्यालय राजधानी सार्ने

Jan 22, 2017 merolagani

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले पनि आस्वा प्रणालीमा समावेश हुने अनुमति धितोपत्रबोर्डबाट प्राप्त गरेको छ । बैँकको हाल सञ्चालनमा रहेका ४७ वटा शाखा कार्यालयहरुबाट यो सेवा प्रदान गरिने बैंकले जनाएको छ । साथै बैंकले पोखरामा रहेको आफ्नो केन्द्रीय कार्यालय कमलादी काठमाण्डौमा सार्ने भएको छ ।



बैंकका अधिकाँश शाखाहरु ग्रामीण र दुर्गम क्षेत्रमा रहेकोले सो भेगमा वस्ने नागरिकहरुले आस्वा सेवा पाउने बैंकले जनाएको छ । साथै हाल सञ्चालनमा रहेका यस विकास बैँकका ४ वटा सीमित बैँकिङ्ग कार्यालयहरुबाट समेत यो सेवा सीघ्र प्रदान गरिने पहल भै रहको प्रमुख कार्यकारी अधिकृत भरत राज ढकालले बताए ।

यस विकास बैँकले हाल काठमाण्डौको कमलादी, पर्साको वीरगञ्ज, धादिङ्गको आदमघाट र ओखलढुँगाको सिद्धिचरणबाट कारोबार शुरु गरी सकेको छ भने केन्द्रीय कार्यालय कमलादी काठमाण्डौमा केही दिन भित्रमा सञ्चालनमा ल्याईनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।