उसले निस्क्रिय कर्जा अनुपात ह्वात्तै घटाएर ४.५७ बाट २.६३ प्रतिशत कायम गरेको छ । निस्क्रिय कर्जा अनुपात घटेपनि जोखिम कोषमा राखेको रकम भने फिर्ता ल्याएको देर्खाईको छैन ।
मञ्जुश्री फाईनाईन्सको चुक्ता पूँजी गत बर्ष २५ करोड ६ लाख रुपैँया रहेकोमा यो बर्षमा बढेर २८ करोड ५७ लाख रुपैँया पुगेको छ ।
पुष मसान्तसम्ममा फाईनाइन्सले तीन अर्ब ८२ करोड १८ लाख निक्षेप संकलन गरेको छ भने दुई अर्ब ९७ करोड पाँच लाख रुपैँया कर्जा प्रवाह गरेको छ । फाईनाइन्सको जगेडा कोषमा पाँच करोड १८ लाख जम्मा भएको छ जुन गतवर्ष यसै अवधिको भन्दा पाँच लाख २३ हजार रुपैँयाले मात्र बढी हो ।
हकप्रद निष्कासन पश्चात फाईनाईन्सको चुक्ता पूँजी ६८ करोड ९२ लाख ८७ हजार पुग्नेछ ।