सुचिकृत कम्पनीहरुलाई नयाँ प्राबधान अनुसार बित्तीय बिबरण प्रकाशित गर्न धितोपत्र बोर्डको निर्देशन

Jan 22, 2017 merolagani

नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचिकृत भएका कम्पनीहरुलाई नयाँ धितोपत्र दर्ता तथा निश्काशन नियमावली २०७३ मा गरिएको व्यवस्था अनुसार त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्न निर्देशन दिएको छ । बोर्डले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सूचिकृत कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो ।

केही दिन अगाडि मात्रै मेरोलगानी डटकमले बित्तीय बिबरण प्रकाशनमा देखिएको भद्रगोलबारे  बोर्डको ध्यानकर्षण गराएको थियो ।

यस्ता कुरामा किन पुग्दैन धितोपत्र बोर्डको ध्यान ?

 

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ लागु भैसकेको अवस्थामा पनि कम्पनीहरुले पुरानै नियमावली २०६५ अनुसार वित्तिय विवरण सार्वजनिक गरिरहेकाले नयाँ नियमावलि अनुसार काम गर्न कम्पनीहरुको ध्यानकर्षण गराएको बोर्डले जनाएको छ ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ मा सूचिकृत कम्पनीहरुले नाफा नोक्सान हिसाबसँगै  आफु विरुद्ध मुद्धा दायर भएको भए त्यसको विवरण, सञ्चालक विरुद्ध मुद्धा दायर भएको भए त्यसको पनि विवरण, प्रति सेयर आम्दानी, प्रति सेयर नेटवर्थ, सेयर बजारको कारोबार सम्बन्धी विश्लेषणसहित टिप्पणी राख्नुपर्ने बताएको छ ।

 निर्देशिकामा अनुसूची १४ अनुसार बित्तीय बिबरण प्रकाशित गर्नुपर्ने कुरा स्पष्ट गरिएको छ । अनुसूची १४ मा कम्पनीको नाफा नोक्सानको साथमा प्रतिसेयर आम्दानी र ब्यवस्थापकीय बिश्लेषण पनि एकै ठाउँमा समाबेश गर्नुपर्ने उल्लेख छ ।

यसअघि कम्पनीहरुले त्रैमासिक नाफा नोक्सान हिसाब एउटा पत्रिकामा र प्रति सेयर आम्दानी, नेटवर्थ, मूल्य आम्दानी अनुपात, ब्यवस्थापकीय बिश्लेषण र प्रमुख कार्यकारीको स्वघोषणा अर्कै दिन अर्कै पत्रिकामा वा कयौं दिन पछाडि प्रकाशन गर्ने गर्दथे । यसबाट लगानीकर्ताहरुलाई बित्तीय बिबरण अध्ययनमा निकै कठिनाईको सामना गर्नु परेको थियो । लगानीकर्ताहरुको यही अफठेरो समाधान गर्न मेरोलगानी डटकमले बोर्डको ध्यानाकर्षण गराएको थियो । बोर्डको तदारुकताले अब आम लगानीकर्ताहरुलाई फाईदा पुग्ने भएको छ । 

अब प्रकाशित हुने बित्तीय बिबरणमा यी कुरा हुनैपर्छः 

 

 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण धमाधम प्रकाशन गर्ने क्रममा हालसम्म झण्डै दुई दर्जन कम्पनीहरुले वित्तीय विवरण सार्वजनिक गरि सकेका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।