पुर्णिमा बैंकको नाफा ७३ प्रतिशतले बढ्यो,ब्याज आम्दानी मात्र तीन करोड माथी

Jan 22, 2017 merolagani

भैरहवामा प्रधान कार्यालय रहेको पुर्णिमा विकास बैंक (PURBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा चार करोड ६६ लाख रुपैँया खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक बर्षको यसैअवधिको तुलनामा ७३ प्रतिशतले बढी हो ।



गत बर्ष यसैअवधिमा बैंकको नाफा २ करोड ६९ लाख रुपैँया रहेको थियो । बैंकको खुद ब्याज आम्दानी मात्र गत बर्षभन्दा तीन करोड ३५ लाख वृद्धि भएपछि बैंकको नाफा बढेको हो ।

बैंकको चुक्ता पूँजी गत बर्ष २० करोड १७ लाख रहेकोमा यो बर्षमा बढेर ३५ करोड २३ लाख रुपैँया पुगेको छ । बैंकले पचास प्रतिशत हकप्रद र २४.७ प्रतिशत बोनसबाट चुक्ता पूँजी वृद्धि गरेको हो । बैंकको जगेडा कोषमा ९ करोड ५१ लाख जम्मा भएको छ ।

बैंकले पुष मसान्त सम्ममा २ अर्ब ४३ करोड २५ लाख निक्षेप संकलन गरेको छ भने २ अर्ब चार करोड ६३ लाख रुपैँया कर्जा प्रवाह गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा खराब कर्जा शुन्य दशमलव ३१ प्रतिशतमा पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ४७ पैसा तथा प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ०१ पैसा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।