श्री इन्भेष्टमेण्ट र एभरेष्ट फाइनान्सले माघ १९ गतेबाट एकिकृत कारोबार गर्ने

Jan 22, 2017 merolagani

 श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स तथा एभरेष्ट फाइनान्सले यहि माघ १९ गते बुधबारबाट श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीको नामबाट एकिकृत कारोबार थाल्ने भएका छन् । नेपाल राष्ट्रबैंकले तोकेको चुक्ता पूँजी वृद्धि गर्ने योजना अनुरुप वित्तीय संस्थाहरु मर्जरमा जाने क्रमलाइ यी दुई फाइनान्सले पनि निरन्तरता दिएका हुन् ।

दुवै फाईनाइन्स कम्पनी गाभिँदा तथ्याङ्कलाई एकिकृत गर्न र एउटै सफ्टवेयरबाट एकिकृत कारोबार मिलाउने प्रयोजनका लागि यहि माघ १८ गते मंगलबार सम्पुर्ण बैंकिङ्ग कारोबार बन्द रहने समेत फाईनाइन्सले जनाएका छन् ।

दुबै संस्थाको असोज २१ गते सम्पन्न विशेष साधारणसभाबाट मर्जर प्रस्ताव पारित गरेका थिए । राष्ट्र बैंकबाट पुस २२ गते तथा कम्पनी रजिष्टार कार्यालयले माघ ७ गते फाईनाइन्सहरुलाई गाभिन अन्तिम स्वीकृती प्रदान गरेका हुन् ।

२०५१ सालबाट नै आफ्नो कारोबार सञ्चालन गरेको काठमाण्डौमा केन्द्रीय कार्यालय रहेको राष्टिय स्तर कार्यक्षेत्र रहेको श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स र रूपन्देहीमा प्रधान कार्यालय तीन जिल्ले कार्यक्षेत्र रहेको एभरेष्ट फाइनान्स मर्जरमा गएपछि बन्ने कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।