आइतबार नेप्से परिसूचक ३.२८ अंकले बृद्धि भइ १४६५.८४ अंकमा पुगेको हो। १३२ कम्पनीको २९ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ । जसमा प्रभु बैंकको संस्थापक सेयरको मात्रै ६ करोड बढीको कारोबार भयो । कारोबार रकम अघिल्लो कारोबारको तुलनामा ४ करोड बढीले कम हो।
उच्च नाफा सहितको धमाधम दोस्रो त्रैमासको वित्तयि विवरण सार्वजनिक भइरहेपनि कारोबार रकममा आएको कमीले लगानीकर्तामा बजारप्रति उत्साह नरहेको पाइएको छ । आजै वित्तीय विवरण सार्वजनिक गरेका वाणिज्य बैंकहरुमध्ये सिद्धार्थ बैंक र प्राइम दुवैको सेयरमूल्य घटेको छ । दुवै कम्पनीले आर्कषक नाफा सहितको विवरण सार्वजनिक गरेका थिए । टुरिजमसँग मर्जरमा गएपछि मेगाको काराबार भने हुन सकेन ।
आइतबार बैंक, होटल, बीमा, उत्पादनमूलक र अन्य कम्पनी उपसूचक केहि मात्रामा बढेका हुन्। सबै भन्दा धेरै अन्य कम्पनी उपसूचक १.६१ प्रतिशतले बृद्धि भएको छ।
सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीका शेयरधनीले ९.९९ प्रतिशत आर्जन गरेका छन्। त्यस्तै सबैभन्दा धेरै शेयरमूल्य घटेको ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सात प्रतिशत भन्दा धेरै गुमाए।