डिप्रोक्स लघुवित्तले शतप्रतिशत हकप्रद जारी गर्ने अनुमति पायो

Jan 22, 2017 merolagani

राष्ट्रियस्तरको डिप्रोक्स लघुवित्त विकास बैंक (DDBL) ले आफ्ना शेयरधनीलाई शतप्रतिशत अर्थात एक बराबर एक हकप्रद शेयर दिने भएको छ । धितोपत्र बोर्डले बैंकलाई हकप्रद जारी गर्ने अनुमति दिएको छ । गत असारमा सम्पन्न बैंकको विशेष साधारणसभाले हकप्रदको प्रस्ताव पारित गरेको थियो ।



हाल बैंकको चुक्ता पूँजी २५ करोड ७९ लाख रुपैंया छ । बैंकले २५ लाख ७९ हजार २३८ कित्ता हकप्रद सेयर निष्कासन गर्र्नेछ । हकप्रद शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ५१ करोड ५८ लाख रुपैयाँ नाघ्नेछ । बैंकले गतबर्षको मुनाफाबाट ३५ प्रतिशत बोनस बाँडेको थियो । बोनस समेत जोड्दा बैंकको पुँजी ६० करोड नाघ्नेछ ।

बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिंग लिमिटेड रहेको छ । 

डिप्रोक्स लघुवित्तमा कृषि विकास बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, विकास आयोजना सेवा केन्द्र, नबिल बैंक लिमिटेड, लुम्बिनी फाइनान्स एन्ड लिजिङ कम्पनी र बैंक तथा वित्तीय क्षेत्रका विशेषज्ञको प्रत्यक्ष लगानी र वित्तीय सेवा मार्फत महिला सशक्तिकरण सहित गरिबी निवारणको मुख्य उद्देश्यका साथ बैंकले ४७ जिल्लाका ८१ शाखाबाट लघुवित्त सेवा प्रदान गरिरहेको छ ।

चालु आर्थिक बर्षको असोज मसान्तसम्म बैंकले ६ करोड ९३ लाख खुद नाफा कमाएको थियो । बैंकको जगेडाकोषमा ५१ करोड रुपैयाँ रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।