आस्बामा यसरी देखियो लगानीकर्ताको उत्साह, धितोपत्र बोर्ड भन्छ, ‘समस्या आए हामीलाई भन्नुहोस्’

Jan 22, 2017 Merolagani

नेपालमा पहिलो पटक सुरु भएको सेयर आवेदन प्रणाली आस्बामा लगानीकर्ताको उत्साह देखिएको छ । नेपाल धितोपत्र बोर्डले लगानीकर्ता फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको सेयर आवेदनमा उत्साहित भएको जनाएको छ । उसले निरीक्षणका क्रममा लगानीकर्ता उत्साहित भएको जनाएको हो । उता नेपाल इन्भेष्टमेण्ट बैंकले पहिलो दिनमा नै आस्बाबाट झण्डै एक करोड रुपैंयाको सेयर आवेदन संकलन गरेको छ ।

नेपाल धितोपत्र बोर्डले आस्वा कार्यान्वयनका बारेमा आइतबारदेखि निरीक्षण थालेको हो । बोर्डले नयाँ प्रणाली सुरुवात गरिएको भन्दै उपत्यकाका ६ तथा उपत्यका बाहिरका ४ स्थानमा आस्वा प्रणालीबाट फारम भर्ने प्रक्रियाको स्थलगत अध्ययन थालेको हो । यस क्रममा आस्वामा लगानीकर्ताको उत्साहजनक सहभागिता रहेको बोर्डले विज्ञप्ती मार्फत जनाएको छ । साथै बोर्डले आस्वा कार्यान्वयनमा कुनै समस्या आएमा जानकारी गराउन पनि लगानीकर्तालाई आग्रह गरेको छ ।

उता वाणिज्य बैंकहरुमा आस्बाबाट माइक्रोफाइनान्सको सेयर आवेदन संकलन गर्ने क्रममा नेपाल इन्भेष्टमेण्ट बैंकले ८६ लाख रुपैंयाको सेयर आवेदन परेको जनाएको छ । पहिलो दिनमा सेयर आवेदन गर्नेभन्दा धेरै सोधपुछ गर्नेको भिडि देखिएको जनाउँदै बैंकले कुल एक सय २६ वटा आवेदन संकलन गरेको जनाएको छ ।

उपत्यका बाहिर आस्बाका सम्बन्धमा धेरै सोधपुछ भएको भन्दै बैंकले सोमबारबाट धेरै संख्यामा आस्बाबाट सेयर आवेदन पर्ने आंकलन गरेको छ । आइतबार बैंकको नेपालगञ्ज, बीरगञ्ज, पाल्पा लगायत शाखाहरुबाट उल्लेख्य आवेदन संकलन भएको जनाएको छ । उता प्रभु बैंक तथा सिद्धार्थ बैंकबाट पनि आस्बा मार्फत लगानीकर्ताले सेयर आवेदन गरेको भए पनि त्यसको तथ्यांक आई नसकेको बैंकहरुले जनाएका छन् ।

धितोपत्र बोर्डले आइतबारसम्ममा ३४ बैंक तथा विकास बैंकहरुको झण्डै एक हजार सात सय शाखाहरुबाट आस्बाबाट सेयर आवेदन संकलन गर्ने अनुमति दिएको थियो ।

के हो एप्लिकेसन सपोर्टेड बाई ब्लक्ड एमाउन्ट अर्थात आस्वा ? यसरी गर्नुहोस सजिलै सेयर आवेदन

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।