बैंकले खुद नाफामा बढोत्तरीमात्र गरेको छैन खराब कर्जा समेत घटाएर एक प्रतिशत भन्दा तल झारेको छ । गतबर्षको यसै अवधिमा १.०८ प्रतिशत रहेको खराब कर्जा अहिले ०.९९ प्रतिशतमा झारेको छ । यसअवधिमा ६ करोड ९० लाख रुपैयाँ डुबेको कर्जा असुल गरेको बैंकले सम्भावित जोखिममा भने अझै १४ करोड रुपैयाँ राखेको छ ।
चार अर्ब चुक्ता पूँजी रहेको बैंकले जगेडाकोषमा २ अर्ब ५६ करोड रुपैयाँ राखेको छ । बैंकले गतबर्षको मुनाफबाट ३२ प्रतिशत बोनस बाँडेर चुक्तापूँजी बढाएको हो । साथै बैंकले आठ अर्ब पुर्याउने योजनामा ८० प्रतिशत हकप्रद सेयर निष्कासनको प्रक्रियामा रहेको छ।
नेपाल बंगलादेश बैंक पनि ८० प्रतिशत हकप्रदको अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड
यसअवधिमा बैंकले ४१ अर्ब निक्षेप संकलन गरेर ३६ अर्ब कर्जा लगानी गरेको छ । गतबर्षको तुलनामा बैंकको कर्जा तथा निक्षेपमा समेत उत्साहजनक वृद्धि देखिएको छ । बैंकको कर्जा निक्षेप अनुपात भने ७८ प्रतिशत रहेको छ ।
ब्याज आम्दानी र संचालन नाफा उल्लेखनीय रुपमा बढ्नु, गैर संचालन नाफा पनि बढ्नु, निस्क्रिय कर्जा अनुपात घटाएर जोखिम ब्यहोर्ने कोषबाट रकम फिर्ता ल्याउन सक्नु लगायतका कारणले उसको खुद नाफामा बृद्धि भएकोे देखिन्छ ।
बैंकको समग्र प्रगतिको तुलना गर्दा नेपाल बंगलादेश बिगतको संकटग्रस्त अबस्थाबाट चेतेर अब भने निरन्तर प्रगतिको बाटोमा गएको अनुभुति हुन्छ । चुक्ता पूँजी बढाएसँगै निक्षेप संकलन र कर्जा बिस्तार गर्ने, निस्क्रिय कर्जाको अनुपात घटाउने, खुद नाफा र प्रति सेयर आम्दानीमा सन्तुलन कायम गर्ने काममा बंगलादेश बैंकको ब्यवस्थापन गंभीर रहेको उसको प्रगति बिबरण हेर्दा थाहा हुन्छ ।
बैंकले यसअवधिमा प्रति सेयर आम्दानी २७ रुपैयाँ कायम गरेको छ । प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ देखाएको छ ।