सेञ्चुरीले किनेको अरनिकोको झण्डै ९५ हजार कित्ता सेयरको लिलामी खुल्यो

Jan 23, 2017 merolagani

अरनिको डेभलपमेन्ट बैंक (ARDBL) ले ५१ हजार ९० कित्ता साधारण सेयर र ४३ हजार ७ सय ५९ कित्ता संस्थापक सेयरको बोलकबोलबाट बिक्री खुलेको छ । बैंकले गत कात्तिकमा निष्कासन गरेको ३६ प्रतिशत हकप्रदमा नबिकेको सेयरको लिलामी आजैबाट खुलाएको हो ।

बोलकबोल आवेदन सिद्धार्थ क्यापिटल अनामनगर र अरनिको डेभलपमेन्ट बैंक धुलिखेलबाट माघ २४ गते सम्म कार्यालय समयभित्र बुझाउन सकिने बैंकले जनाएको छ ।

बोलकबोल गर्न ईच्छुक लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन गर्न सक्नेछन् । बोलकबोल गर्नेले एक सय रुपैंयाँ भन्दा धरै मुल्य अंकित गरेर आवेदन दिनु पर्नेछ ।

बोलकबोल माघ २५ गते तीन बजे बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा खोलिने छ ।

बैंकको सेयर अन्तिम पटक गत असोज ३० गते नेप्सेमा तीन सय ७० रुपैंयाँमा कारोबार भएको थियो । सेञ्चुरी कर्मशियल बैंकसँग एक्वीजीसनमा गएको बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिसम्ममा तीन करोड ६७ लाख ३१ हजार रुपैँया खुद नाफा आर्जन गरेको छ । बैंकले गत वर्ष यसैअवधिको भन्दा आफ्नो नाफा झण्डै ८० प्रतिशत बढाएको छ ।

चुक्ता पुँजी ३० करोड १६ लाख ६१ हजार रूपैयाँ रहेको बैंकले बैंकले १७ प्रतिशत बोनस र ३६ प्रतिशत हकप्रदबाट ६ करोड ७२ लाख ७० हजार रुपैयाँले पूँजी वृद्धि गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।