विराटलक्ष्मी विकास बैंकको खराब कर्जा बढेपनि नाफा ५२ प्रतिशतले वृद्धि

Jan 23, 2017 merolagani

बिराटनगरमा मुख्य कार्यालय रहेको बिराटलक्ष्मी विकास बैंक (BLDBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक बर्षको यसैअवधिको तुलनामा ५२ प्रतिशत बढि हो । बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ करोड ६ लाख खुद नाफा कमाएको थियो ।



बैंकको सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी बढेपछि नाफा वृद्धि भएको हो । गतबर्ष यसैवधिमा ९ करोड ५५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालुबर्षको दोस्रो त्रैमासमा १४ करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । ४२ करोड ५३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले पुस मसान्तसम्ममा ४ अर्ब ८९ करोड रुपैया निक्षेप संकलन गरेको छ भने ३ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरको छ ।

समिक्षा अवधिमा बैंकले आफ्नो जगेडा कोषलाई बलियो बनाउने जमर्को गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ११ करोड ९४ लाख रुपैयाँ रहेको जगेडा कोष चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २३ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

यसअवधिमा बैंकको खराब कर्जा भने बढेको छ । अघिल्लो दोस्रो त्रैमासमा ०.३९ प्रतिशत खराब कर्जा बढेर १.१४ प्रतिशत पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी २९.११ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ रहेको छ भने मुल्य आम्दानी अनुपात १४.१९ गुणा रहेको छ ।

प्राइम कमर्शियल बैंकले एक्वायर गर्ने क्रममा रहेको बैंकले गतबर्षको कमाइबाट १८ प्रतिशत बोनस वितरण गरेको थियो । राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन प्राइम बैंकले बिराटलक्ष्मी विकास बैंकलाई आफुमा गाभ्ने सम्झौता गरिसकेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।