सोमाबार नेप्से परिसूचक ७.९६ अंकले बृद्धि भइ १४५७.८८ अंकमा पुगेको हो। १३४ कम्पनीको ४३ करोड २३ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।
जसमा प्रभु बैंकको संस्थापक सेयरको मात्रै १० करोड बढीको कारोबार भयो । कारोबार रकम अघिल्लो कारोबारको तुलनामा १३ करोड बढी हो।
सोमबार वित्त र उत्पादन बाहेक सबै समूह ओरालो लागेका छन् । फाईनान्स समुहमा ७.३६ अंक र उत्पादन मुलक समूह २२.७२ अंकले बढेका छन्। बैंक ८.६३ ,होटेल १७.४३ ,बिकास बैंक ६.६३ ,जलविद्युत २.८५ र अन्यमा ४.९२ अंकको गिरावट आएको छ ।
यसदिन हाम्रो बिकास बैंक र अपि पावरका लगानीकर्ताले तीन प्रतिशत कमाएका छन्। यसैगरी खानीखोला र मिथिला लघुवित्तका शेयरधनीले क्रमशः करिब नौ प्रतिशत र आठ प्रतिशत गुमाएका छन् ।