एनबी इन्स्योरेन्स पुग्यो धितोपत्र बोर्ड,शतप्रतिशत हकप्रद जारी गर्ने

Jan 23, 2017 merolagani

एनबी इन्स्योरेन्स (NBIL) ले एक बराबर एक अर्थात प्रतिशत हकप्रद जाी गर्ने प्रत्रिया अगाडि बढाएको छ । जसका लागि कम्पनीले हकप्रद निष्कासनको अनुमति माग्दै धितोपत्रबोर्डमा आवेदन दिएको छ ।कम्पनीको गत मंसिर १७ गतेको साधारणसभाले एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।



हकप्रद सेयर निस्कासनका लागि कम्पनीले आइतबार धितोपत्र वोर्डमा आवेदन दिएको छ। वोर्डले स्वीकृति दिएलगत्तै कम्पनीले सेयर जारी गर्ने सहायक महाप्रबन्धक शरण रेग्मीले जानकारी दिए।

यस अघि ८० प्रतिशत हकप्रद निष्काशन गरेको इन्स्योरेन्सले फेरी शतप्रतिशत हकप्रद निष्काशनको निर्णय गरेको हो ।

एनबी समुहले धरासायी बनाएको ईन्स्योरेन्सलाई आइएमई समूहले किनेर स्वस्थ संस्थाको रुपमा स्थापित गर्ने क्रममा पूँजी वृद्धिलाई पनि प्राथमिकतामा राखेको इन्स्योरेन्सले १५ करोडको पूँजी २७ करोड रुपैंया बनाइसकेको छ । शतप्रतिशत हकप्रद जारी गरे पछि चुक्ता पूँजी ५४ करोड रुपैंया पुर्याउनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।