बैंकले आठअर्ब चुक्तापूँजी पुर्याउने योजना अनुरुप हकप्रद जारी गर्न लागेको हो । हाल बैंकको चुक्ता पुँजी पाँच अर्व ८१ करोड ९६ लाख रुपैयाँ छ । १५ प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्ता पुँजी करिब ६ अर्ब ७० करोड पुग्नेछ । चालु आर्थिक बर्षको बोनसबाट बैंकले आठ अर्ब पुर्याउने देखिन्छ ।
बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।
यो बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७२ करोड १४ लाख चार हजार रूपैयाँ खुद नाफा कमाएकोे छ । बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८० पैसा छ भने प्रति सेयर नेटवर्थ एक सय ४५ रुपैयाँ ५० पैसा छ ।
एनआईसी एशिया बैंकको प्रगति हेरेर के अनुमान लगाउने ?
बैंकिग क्षेत्रको पहुँचमा थप सहजता पु–याउने लक्ष्यका साथ बैंकले सुगम तथा दुर्गम क्षेत्रमा समेत गरि चालु आर्थिक वर्षमा चालीस वटा नयाँ शाखा बिस्तार गर्ने र सोही अनुपातमा एटिएम थप गर्ने लक्ष्य लिएको छ ।