एनएमबि हाईब्रिड फण्ड एल वान को कारोबार खुल्यो, सुरु मूल्य १० रुपैयाँ

Jan 24, 2017 merolagani

एनएमबि हाईब्रिड फण्ड एल एक को मंगलबारबाट नेपाल स्टक एक्सचेञ्जमा कारोबार खुलेको छ ।नेप्सेले सेयर कारोबारका लागि एनएमबिएचएफवान (NMBHF1)सिम्बोल दिएको छ । नेप्सेले पहिलो कारोबारको प्रति इकाई मूल्य १० रुपैयाँ तोकेको छ।

एक अर्ब रुपैंँयाँको आकार रहेको सात बर्षे एनएमबि हाईब्रिड फण्ड एल १ कोष प्रबर्द्धक रहेको एनएमबि म्यूचुअल फण्ड अन्तर्गत संचालित फण्ड हो।

गत भदौमा यो फण्ड निस्कासन गरिएको थियो। प्रति इकाई १० रुपैयाँका दरले ६ करोड ८० लाख इकाई निस्कासन गरिएको थियो। सो फण्डमा साना लगानीकर्ताले ८३.२२ प्रतिशत र ठुला लगानीकर्ताले १५.७७ प्रतिशतका दरले इकाई प्राप्त गरेका थिए ।

एनएमबि हाईब्रिड फण्ड एल १ ले गत साता मात्र एक अर्ब मूल्य बराबरको दश करोड ईकाई नेप्सेमा सुचिकृत गराएको थियो ।

फण्डको प्रतिएकाई मूल्य मंसिर मसान्तमा दश रुपैँया सात पैसा रहेको छ । फण्डले २७ करोड रुपैँया बराबरको रकम सुचिकृत कम्पनीको धितोपत्रमा लगानी गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।