कृषि विकास बैकको झण्डै २० लाख कित्ता साधारण सेयर लिलामीमा आयो,सस्तैमा पाईन सक्छ

Jan 24, 2017 merolagani

 सेयर बजार घटेर तल्लो बिन्दुतर्फ आउँदै गर्दा कृषि विकास बैंकले हकप्रदमा नबिकेको झण्डै २० लाख कित्ता साधारण सेयर लिलामीमा निकालेको छ । उसले माघ २७ गतेदेखि फागुन १२ गतेसम्म उक्त परिमाणको सेयरमा बोलकबोल खुला गर्न लागेको हो ।

बैंकले गत कात्तिक ३ गतेदेखि मंसिर ७ गतेसम्म एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर बिक्रीका लागि आवेदन खुला गरेको थियो जसमध्ये आवेदन नपरेको १९ लाख ६८ हजार पाँच सय ७५ कित्ता लीलामी गर्ने भएको हो ।

कृषि बिकास बैंकले पहिले गाउँ गाउँमा ऋणीहरुलाई सेयर बितरण गरेको थियो । ती मध्येका कयौंको मृत्यु भएको र नजिकका हकवालाले हकप्रद किन्ने प्रक्रियामा चासो नदिँदा यति ठुलो संख्यामा हकप्रदमा सेयर नविकेको हो । यति ठुलो परिणाममा लिलामी गर्ने भएपछि कृषिविकास बैंकले ठुलै रकम प्रिमियम वापत संकलन गर्ने भएको छ ।

वित्त बजारमा तरलता संकट भएर त्यसको सिधा प्रभाव सेयर बजारमा देखिएको बेला कृषि विकासले धेरै कित्ता सेयर लिलाममा निकालेको हो । यसले सेयर बजारलाई अरु घटाउन भुमिका खेल्ने सम्भावना छ । महँगो मूल्यमा दोस्रो बजारमा सेयर बेचेर सस्तोमा किन्न सकिन्छ भन्नेहरुले कृषि विकास बैंकको सेयर लिलामीको मौका हेरेका छन् ।

सेयर लीलामी गर्न ईच्छुक लगानीकर्ताले बोलकबोल आवेदन फारम विक्री प्रबन्धक एस क्यापिटल मार्फत प्राप्त गर्न र बुझाउन सक्नेछन् । बोलकबोल न्युनतम एक सय कित्ता र बढिमा १० हजार कित्तासम्म गर्न सकिने छ । त्यस्तै लगानीकर्ताले न्युनतम एक सय रुपैँया र त्यसभन्दा बढि रकमको अंकित मुल्य गरि बोलकबोल आवेदन गर्न सक्नेछन् । लिलामीको नतिजा विक्री प्रबन्धक एस क्यापिटलले फागुन १३ गते खोल्ने जनाएको छ ।

तीन अर्ब ९३ करोड ७६ लाख रुपैयाँ चुक्तापूँजी रहेको बै.कले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा  ४२ करोड २४ लाख रुपैँया खुद नाफा गरेको छ । बैंकले चुक्ता पूँजी ८ अर्ब रुपैंया बनाउने क्रममा ५० प्रतिशत हकप्रद पश्चात २० प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव समेत गरेको छ । बैंकको पचास प्रतिशत हकप्रद पश्चात पूँजी ५ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ पुग्नेछ । २० प्रतिशत बोनसपछि बैंकको पूँजी सात अर्ब १२ करोड ५१ लाख रुपैयाँ पुग्नेछ ।

पहिलो त्रैमासको विवरण अनुसार खराब कर्जा ३.८३ प्रतिशत रहेको बैकको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ९१ पैसा र प्रतिसेयर नेटवर्थ तीन सय २१ रुपैयाँ २३ पैसा छ । बैंकको सेयर अन्तिम पटक माघ १२ गते मंगलबार पाँच सय आठ रुपैँयामा नेप्सेमा कारोबार भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।