बैंकले सर्वसाधारण समूहतर्फको एक लाख तीन हजार एक सय ६७ कित्ता र १० हजार चार सय ९३ कित्ता संस्थापक सेयर बोलकबोलमा बेच्न लागेको हो ।
ईच्छुक लगानीकर्ताले बोलकबोलमा माघ १२ गतेदेखि माघ १९ गते कार्यालय समयभित्र आवेदन गर्न सक्नेछन् । लगानीकर्ताले कम्तिमा एक सय रुपैयाँ अंकित मूल्य तोकी त्यसभन्दा बढी अंकित मूल्य राखेर आवेदन गर्न सक्नेछन् ।बैंकको सेयरमा बोलकबोल गर्नेले न्युनतम एक सय कित्तादेखि निष्काशन भएको सबै कित्ताको लागि आवेदन गर्न सक्नेछन् ।
बोलकबोल मार्फत सेयर लिलामी गर्न बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल तथा मुक्तिनाथ विकास बैंक,पृथ्विचोक,पोखराबाट आवेदन फारम लिन र बुझाउन सकिनेछ । विक्री प्रबन्धक एनआइबीएल क्यापिटलले बोलपत्र माघ २१ गते दिउँसो ३ बजे लाजिम्पाटमा खोल्नेछ ।
बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म २२ करोड नाफा कमाएको छ । चुक्ता पूँजी एक अर्ब ५३ करोड रहेको बैंकले निक्षेप १४ अर्ब तथा कर्जा १३ अर्ब नघाएको छ । बैंकको निस्क्रिय कर्जा अनुपात ०.१८ प्रतिशत रहेको छ । चुक्ता पूँजी दुई अर्ब ५० करोड पुर्याउन उसले ४० प्रतिशत हकप्रद बिक्रीमा ल्याउने प्रस्ताव अगाडि बढाउँदै छ ।