लक्ष्मी लघुवित्तको नाफा ११२ प्रतिशतले बढ्दा,वोमी माईक्रोफाईनाईन्सको अवस्था कस्तो ?

Jan 25, 2017 merolagani

लक्ष्मी बैंकले प्रबद्र्धन गरेको लक्ष्मी लघुवित्त (LLBS)ले चालु आर्थिक बर्षको छ महिनाको अवधिमा अघिल्लो बर्षको सोही  अवधिको तुलनामा खुद नाफा ११२ प्रतिशतले बढाएर पाँच करोड करोड १८ लाख रुपैँया कमाएको छ । गत वर्ष यहि अवधिमा लघुवित्तले दुई करोड ४४ लाख रुपैँया खुद नाफा कमाएको थियो ।

लघुवित्तको कम्पनीको निक्षेप संकलन, खुद ब्याज आम्दानी र सञ्चालन नाफामा उल्लेख्य वृद्धि देखिएको छ । लघुवित्तले आर्थिक बर्षको दोस्रो त्रैमासमा ११ करोड ५८ लाख रुपैँया खुद व्याज आम्दानी गरेको छ । गत आवमा भने ५ करोड ३९ लाख रुपैँया कमाएको थियो ।

कम्पनीको चुक्ता पूँजी गत बर्षभन्दा दुईगुणा बढेर २२ करोड रुपैँया पुगेको छ । त्यस्तै लघुवित्तले जगेडा कोषमा पनि उल्लेखनीय वृद्धि गरेको छ । कम्पनीको जगेडाकोष गत बर्ष यहि अवधिमा तीन करोड २९ लाख रुपैँया रहेकोमा ११ करोड ४३ लाख रुपैँया पुगेको छ ।

कम्पनीको दोस्रो त्रैमासिक वित्तिय विवरण अनुसार प्रति शेयर आम्दानी ४७ रुपैयाँ १६ पैसा, प्रतिसेयर नेटवर्थ १५१ रुपैँया ५७ पैसा रहेको छ । संस्थाले निस्क्रिय कर्जा सुन्य दशमलव ३४ प्रतिशतमा झरेको छ ।

यता धादिङमा मुख्य कार्यालय रहेको वोमी माईक्रोफाईनाइन्स (WOMI) ले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा चार लाखले वृद्धि गरी एक करोड रुपैँया नाफा कमाएको छ । गत बर्ष उसले ९६ लाख रुपैँया खुद नाफा कमाएको थियो ।

यस अवधिमा संस्थाले १८ करोड ४३ लाख निक्षेप संकलन गरि ५० करोड ४० लाख रुपैँयाको कर्जा लगानी गरेको छ । गत बर्ष उसले ९ करोड ६४ लाख निक्षेप र ४२ करोड ८८ लाख रुपैँयाको कर्जा परिचालन गरेको थियो । चालु आबको छ महिनाको अवधिमा संस्थाले दुई करोड ८६ लाख रुपैँया खुद व्याज आम्दानी गरेको छ भने १५ करोड ७६ लाख रुपैँया सञ्चालन नाफा गरेको छ ।

लघुवित्तको गत आर्थिक बर्षमा तीन करोड ६० लाख रुपैँया चुक्ता पूँजी रहेकोमा यो बर्षमा बढेर छ करोड ४८ लाख रुपैँया पुगेको छ । । संस्थाको जगेडा कोषमा दुई करोड ७९ लाख रुपैँया सञ्चित रहेको छ ।

त्यस्तै, चालु आर्थिक बर्षको छ महिना अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ३७ रुपैँया १५ पैसा,प्रतिसेयर नेटवर्थ एक सय ७१ रुपैँया ७० पैसा, र मूल्य आम्दानी अनुपात ३७.०७ गुणा पुगेको छ । संस्थाको यस अवधिमा गत बर्ष खराब कर्जा ०.९५ प्रतिशत रहेकोमा यो बर्षमा बढेर एक दशमलव ७५ प्रतिशतमा बढ्न पुगेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।