प्रिमियर इन्स्योरेन्सले एफपीओको मूल्य तोक्यो, कहिले होला निष्कासन ?

Jan 25, 2017 merolagani

प्रिमियर इन्स्योरेन्स कम्पनी (PIC) ले जारी गर्ने एफपीओको मूल्य प्रस्ताव गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ९०४ रुपैयाँ प्रिमियमा थपेर एक हजार चार रुपैयाँमा एफपिओ जारी गर्ने भएको छ । प्रिमियरले ६ लाख ९५ हजार पाँच सय ६५ कित्ता शेयर जारी गर्न लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

प्रक्षेपण गरिएको मुल्यमा २० प्रतिशत भन्दा बढी बिचलन देखिएमा सार्वजनिक सूचना मार्फत जानकारी गराउने कम्पनीले जनाएको छ । प्रस्तावित मूल्य धितोपत्रबोर्ड बाट स्विकृत हुन बाँकी छ । 

इन्स्योरेन्सले संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ कायम गर्न ६ लाख ९५ हजार पाँच सय ६५ कित्ता एफपिओ बिक्री गर्न लागेको हो ।

कम्पनीको गत असारसम्मको चुक्ता पूँजी ३७ करोड ३७ लाख ५३ हजार दुई सय २० रुपैयाँ रहेको छ । हाल को पूँजीमा प्रिमियरले ६ लाख ९५ हजार पाँचसय ६५ कित्ता शेयर बापतको करिव सात करोड रुपैयाँ बराबरको रकम चुक्ता पूँजीमा थपिने छ । यसैगरी एफपीओ मार्फत कम्पनीले थप ६२ करोड आर्जन गर्ने छ ।

कम्पनीको २३ औ साधारणसभाले २० प्रतिशत बोनस सेयर तथा एफपिओ जारी गर्ने प्रस्ताव पारित गरको थियो । बोनसपछि कम्पनीको चुक्तापूजीँ ४४ करोड ८५ लाख रुपैयाँ नाघ्नेछ ।

एफपीओ जारी गर्न एनएमबि क्यापिट बिक्री प्रबन्धक समेत नियुक्त गरिसकेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।