बैंकहरुले सेयर धितोकर्जा प्रवाह घटाएर ब्याजदर बढाउदा सेयरबजारमा भैरहेको लगानी खुम्चिएको पुगेको विश्लेषण गरिएको छ । अर्कातर्फ पूँजी बढाउने अभियान बैंकहरुले जारी गरेका हकप्रद सेयर, लिलामीको सेयर तथा प्राथमिक बजारको निष्कासन भएका सेयरहरुमा लगानीकर्ताले रकम जोहो गर्नकै लागि पनि दोस्रो बजारमा बिक्री चाप देखिएको र बजार निरन्तर ओरालो लाग्न थालेको आँकलन गरिएको छ ।
बुधबा नेप्से परिसूचक ३६.३८ अंकले घटेर १३९६.६१ अंकमा पुगेको हो। १३५ कम्पनीको १७ कित्ता सेयर ५९ करोड २८ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा २१ करोडले बढेको छ । प्रभु बैंककै १७ करोडको संस्थापक सेयर किनबेच भएपछि कारोबार रकम बढेको हो ।
यसदिन उत्पादनमूलकवाहेक बजारका सबै उपसुचकहरु झरेका छन्। बिमा २६७.४१ अंकले ओर्लिएको छ भने बैकिङ सुचक ३६ अंक तल आएको छ। होटल साढे ५८, विकास बैंक सवा २९, जलविद्युत साढे ५१, फाइनान्स २५ र अन्य सवा दुई अंकले झरेको छ।
बुधबारको बजारमा ९ वटा कम्पनीको मात्रै सेयर मूल्य सामान्य बढेको छ । सबैभन्दा बढी गरिमा विकास बैंकको सेयर मूल्य २ दशमलब ६६ प्रतिशतले बढेको छ । त्यस्तै, यूनिलिभर नेपाल लिमिटेडको सेयर मूल्य २ प्रतिशतले बढेको छ भने अन्य बाँकीको एक भन्दा कम प्रतिशतले सेयर मूल्य बढेको छ ।
यसदिन सबैभन्दा धेरै राष्ट्रिय बिमा कम्पनी र नेरुडे लघूवित्तका लगानीकर्ताले वढि १० प्रतिशतका दरले गुमाएका छन्। बरुण हाइड्रोपावर कम्पनी र सगरमाथा फाइनान्सका लगानीकर्ताले ८ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।