प्रतिकित्ता एक सय रुपैंयामा ११९० रुपैंया प्रिमियम थप गरी बैंकले १२९० रुपैंयाको दरले एफपिओ निष्काशन गर्न लागेको हो । बैंकको गत मंसिर ३० गते सम्पन्न साधारणसभाले नयाँ सेयर निष्काशनको प्रस्ताव पारित गरेको थियो ।
बैंकले एक सय रुपैंयाको फेस भ्यालुमा ११९० रुपैंया प्रिमियम थप गरी १२९० रुपैंयाँमा थप नयाँ साधारण सेयर अर्थात एफपिओ निष्काशन गर्नेछ । बैंकले कुल २५ लाख ५८ हजार एक सय ४० कित्ता एफपीओ उल्लेखित मूल्यमा निष्काशन गर्ने भएको हो ।
उक्त मूल्य तथा सेयर संख्याका आधारमा बैकले ३ अर्ब ३० करोड रुपैयाँ बराबरको एफपीओ निष्काशन गर्नेछ । जस मध्ये बैंकको चुक्ता पूँजीमा २५ करोड रुपैंया थपिनेछ भने बाँकी तीन अर्ब पाँच करोड रुपैंया जगेडा कोषमा सञ्चित हुनेछ ।
दुई अर्ब ८१ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले गत आर्थिक बर्षको नाफाबाट ३३ प्रतिशत बोनस वितरण गरी चुक्ता पूँजी तीन अर्ब ७५ करोड रुपैंया पुर्याएको छ । नयाँ सेयर निष्काशन पश्चात उसको चुक्ता पूँजी चार अर्ब मात्र पुग्नेछ भने जगेडा कोषमा सञ्चित हुने प्रिमियमबाट चालु आर्थिक वर्षमा बोनस बितरणबाट उसले पूँजी आठ अर्ब पुर्याउनु पर्ने हुन्छ ।
अहिले बैंकको जगेडा कोषमा पाँच अर्ब ११ करोड पाँच लाख रूपैयाँ सञ्चित रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड ९४ लाख खुद नाफा कमाएर बैंकले प्रतिसेयर आम्दानी ४९ रूपैयाँ ७० पैसा बनाएको छ ।