राष्ट्र बैंक भन्छ, ‘ सीसीडीमा तत्काल कुनै पुनर्बिचार हुँदैन’

Jan 26, 2017 Merolagani

बैंक तथा वित्तीय संस्थामा  तरलता अभाव चुलिएको छ । अहिले अधिकांस बैंक तथा वित्तीय संस्थाहरुको पूँजी कर्जा निक्षेप अनुपात अर्थात  सीसीडी तोकिएको ८० प्रतिशतको नजिक हुँदै गर्दा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कमजोरीका कारण यो अवस्था आएको बताएको छ । उसले वित्तीय संस्थाहरुले योजना बाहिर गएर निम्त्याएको अवस्था सुधार गर्न राष्ट्र बैंकले तत्काल सीसीडीमा कुनै पुनर्बिचार नगर्ने प्रष्ट पारेको छ ।

मेरोलगानीसँग कुरा गर्दै राष्ट्र बैंक प्रवक्ता नारायणप्रसाद पौडेलले भने, ‘बैंकहरुले योजना बाहिर गएर गरेको कामको नजिताका सम्बन्धमा राष्ट्र बैंक सञ्चालक समितिमा कुरा उठे पनि तत्काल केही हुनै सक्दैन । किनकि कर्जा दिन सकेनौं भनेर बैंकहरुले राष्ट्र बैंकसँग गरेको हार गुहार जायज छैन । सीसीडीको व्यवस्था पुरानो हो, अहिले बनाइएको हैन त्यसैले तत्काल केही हुँदैन ।’

तीब्र रुपमा पूँजी वृद्धिका क्रममा व्यवशाय बिस्तारको दवाबमा बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह अधिक गरे पछि निम्तिएको अहिलेको अवस्थालाई समाधान गर्न नेपाल उद्योग परिसंघले राष्ट्र बैंकको ध्यानाकर्षण गराएको थियो । त्यसै गरी बैंक तथा वित्तीय संस्थाहरुले पनि सिसिडि अनुपातका सम्बन्धमा राष्ट्र बैंकसँग हारगुहार गरिरहेका छन् । तर राष्ट्र बैकले पहिले नै तोकिएको मापदण्डलाई वेवास्ता गर्दै बैंक तथा वित्तीय संस्थाको गल्ती सुधार्न राष्ट्र बैंक बाध्य नहुने बताएको हो ।

पूँजी वृद्धिको निर्णय राष्ट्र बैंकले गरे पछि भारी मात्रामा एकाएक हकप्रदको बाटो रोजेका कारण बैंकहरुमा अहिलेको समस्या देखिएको चर्चा अहिले  भैरहेको छ । मर्जर तथा एक्विजिशनलाई प्राथमिकतामा नराखी बैंकहरु अघि बढ्दा राष्ट्र बैंकको मर्जर नीतिले समेत अपेक्षित रुप पाउन सकेन । यसै कारण पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अझै कडाई गर्ने अवस्था देखिएको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।