सानीमा बैंकको बोनस र हकप्रद डिम्याट खातामा नआएको भए यसो गर्नुहोस्

Jan 26, 2017 merolagani

पछिल्लो समय कागजी सेयर प्रमाणपत्र भएकाहरुलाई पनि सुचिकृत कम्पनीहरुले डिम्याट खातामा नै बोनस सेयर उपलब्ध गराउने काम सुरु गरेका छन् । त्यसै अनुरुप सानीमा बैंकले पनि गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई बितरण गरेको १५ प्रतिशत बोनस सेयर सबै लगानीकर्ताको डिम्याट खातामा पठाउने भएको छ ।

बैंकले गत असोज १३ गतेसम्म अभौतिक रुपमा सेयर किनेका तथा कागजी सेयर धारण गरेका लगानीकर्तालाई बैंकले बितरण गरेको १५ प्रतिशत बोनस सेयर डिम्याट खातामा नै पठाउने भएको हो ।

असोज १३ गतेसम्म सेयर अभौतिकिकरण गराईसकेका सेयरधनीलाई बैंकले माघ ११ गते १५ प्रतिशत बोनस लगानीकर्ताको हितग्राहि खातामा नै उपलब्ध गराएको जनाएको छ । साथै बैंकले कागजी प्रमाणपत्र भएकाहरुलाई आफुसँग भएको सेयर डिम्याट गराई सोको विबरण उपलब्ध गराउन आग्रह गरेको हो ।

अहिलेसम्म कागजी सेयर भएकाहरुलाई कागजी रुपमा नै बोनस बितरण गरिएको भए पनि यस वर्षबाट सबै सेयर अभौतिक बनाएर लगानीकर्तालाई आगामी वर्षदेखि कागजी प्रमाणपत्र संकलन गर्न समस्या नहोस भनेर बैंकले यस्तो आग्रह गरेको हो । सबै लगानीकर्तालाई बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानीमा क्यापिटलमा सम्पर्क राख्न बैंकले आग्रह गरेको छ । 

सानीमा बैंकको कागजी सेयर प्रमाणपत्र भएकाहरुले कुनै पनि डिपीमा गई डिम्याट खाता खोलेर सोही स्थानबाट आफुसँग भएको सेयर अभौतिक गराई क्यापिटलमा सम्पर्क गर्दा अझ सजिलो हुन्छ । सानीमा क्यापिलमा पनि डिम्याट खाता खोल्न सकिन्छ । कुनै पनि कम्पनीको सेयर रजिष्ट्रारकोमा नै डिम्याट खाता खोल्दा हुने फाइदा एउटा कामको लागि विभिन्न डिपीकोमा धाइरहनु पर्दैन, सबै काम सोही स्थानबाट हुन्छ ।

बैंकले सेयर धितो बन्धक राखी ऋण दिएका बैंक तथा वित्तीय संस्थाहरुलाई पनि बैंकले बितरण गरेको बोनस रोक्का गर्न आवश्यक प्रकृया पुरा गर्न आग्रह गरेको छ ।

साथै बैंकले बिक्री गरेको पचास प्रतिशत हकप्रद सेयर पनि हितग्रतहिको खातामा उपलब्ध गराएको जनाएको छ । सो समयमा डिम्याट खाता नंम्बर नबुझाउनेको हकमा बैंकले हितग्राहि खाता नं प्रमाणित हुने विवरण र हकप्रद भरेको अर्धकट्टी सहित क्यापिटलमा सम्पर्क राखेर आवेदन दिई डिम्याट खातामा नै सेयर प्राप्त गर्न सक्ने पनि व्यवस्था गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।