अरुण फाइनान्स समस्याग्रस्तको सूचीबाट हट्यो, ९९ प्रतिशत संस्थापक सेयर हाथवे इन्भेष्टमेण्टले किन्यो

Jan 26, 2017 Merolagani

सुनसरीको धरानमा मुख्य कार्यालय रहेको अरुण फाइनासन्स (ARUN) लाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्तको सूचीबाट हटाउने निर्णय गरेको छ । हाथवे इनभेष्टमेण्ट कम्पनीले खरिद गरेको फाइनान्सलाई राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले समस्याग्रस्तको सूचिबाट हटाएको हो । हाथवे इन्भेष्टमेण्टले फाइनान्स किन्ने प्रकृया अन्तिम चरणमा पुर्याएर बसेका बेला सोको स्वीकृति दिंदै राष्ट्र बैंकले यस्तो निर्णय गरेको हो ।

मेरोलगानीसँग कुरा गर्दै हाथवे इन्भेष्टमेण्टका प्रमुख कार्यकारी अम्बिकाप्रसाद पौडेलले भने, ‘अब हाम्रो प्रतिक्षाको घडी समाप्त भएको छ । राष्ट्र बैंकले समस्याग्रस्तको सूचीबाट हटाएसँगै अब फाइनान्सले नयाँ रुपमा आफ्नो वित्तीय अवस्थामा कायापलट गर्छ ।’

पौडेलका अनुसार १५ करोड रुपैंया चुक्ता पूँजी रहेको फाइनान्सले केही दिनमा नै नयाँ व्यवस्थापन पाउने छ । यस अघि नै एनबी इन्स्योरेन्सको अध्यक्ष पदबाट राजिनामा गरेर अम्बिका पौडेल फाइनान्स हाक्नका लागि तयारी अवस्थामा बसेका छन् ।

समस्याग्रस्त घोषणा हुँदा १५ करोड ३३ लाख रुपैयाँ निक्षेप संकलन तथा १३ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेको फाइनान्सले अहिले चार करोड रुपैयाँ निक्षेप संकलन गरी पाँच करोड ४९ लाख रुपैयाँ मात्र कर्जा प्रवाह गरेको छ । अब व्यवशाय बिस्तार क्रमिकरुपमा सुध्रिदै गएर सबल फाइनान्स कम्पनी बनाउने हाथवेका अध्यक्ष पौडेलले बताए । फाइनान्सका सबै कर्मचारीको व्यवस्थापन गर्दै निष्कृय कर्जा असुलीको काम सुरु भैसकेको बताइएको छ ।

हाथवेले अरुण फाइनान्सको नौ लाख कित्ता संस्थापक सेयर मध्ये आठ लाख ९४ हजार कित्ता सेयर किनेको हो । फाइनान्समा संस्थागत सुशासनको अवस्था कमजोर भएपछि राष्ट्र बैंकले २०७१ साल माघ १२ गते समस्याग्रस्त घोषणा गरेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।