ग्लोबल आईएमईको खुद नाफा कमाईको प्रबृत्तिमा सुधार

Jan 27, 2017 merolagani



ग्लोवल आईएमई बैंक(GBIME)ले चालु आर्थिक बर्षको छ महिनाको अवधिमा गत बर्षभन्दा १४ करोड ३४ लाख रुपैयाँ बढाएर ९० करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा  बैंकको अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.८१ प्रतिशतले बढी हो । बैंकले गत वर्षको दोस्रो त्रैमाससम्म ७६ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यो बैंकले यस अवधिमा ८४ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरी ७१ अर्ब ५१ करोड रुपैयाँ कजा प्रवाह गरेको छ । बैंकले १८ अर्ब ११ करोड रुपैयाँ लगानी गरेको छ । यस अवधिमा बैंकले खुद ब्याज आम्दानी २७.५६ प्रतिशतले बढाएर एक अर्ब ६८ करोड ९७ लाख कमाएको छ भने कुल सञ्चालन नाफामा समेत २४.८५ प्रतिशतले बृद्धि गरी दुई अर्ब २९ करोड ४९ लाख रुपैँया कमाएको छ । बैंकले पौष मसान्त सम्ममा १९ करोड ५० लाख रुपैँयाको राईट ब्याक गर्न सफल भएको छ ।

सात अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा दुई अर्ब ४६ करोड रुपैँयाको मौजात रहेको छ । गतबर्ष बैंकको पूँजी र जगेडाकोष क्रमश : छ अर्ब १६ करोड ४२ लाख रुपँया र एक अर्ब ९२ करोड १९ लाख रुपैँया रहेको थियो ।

बैंकले खराव कर्जा अनुपातलाई एक दशमलव ६१ प्रतिशतमा झारेको छ । प्रति सेयर आम्दानी २५ रुपैयाँ ३५ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ एक सय ३४ रुपैँया ४२ पैसा तथा कर्जा निक्षेप अनुपात ७८ दशमलव ४७ प्रतिशत रहेको छ । बैंकको सेयर धितोपत्र बजारको दोस्रो बजारमा तीन सय ९४ रुपैँया हाराहारीमा कारोबार भइरहेको छ ।

उसले गत बर्षको खुद नाफाबाट १६ प्रतिशत बोनस दिने घोषणा गरे पनि त्यो बितरण हुने हो कि हैन भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।