जानकी फाईनान्सले मार्यो छलाङ, खुद नाफा २६४ प्रतिशतले बढ्दा खराब कर्जा के भयो ?

Jan 27, 2017 merolagani

जनकपुरमा मुख्य कार्यालय रहेको जानकी फाईनान्स(JFL)ले गत आर्थिक बर्षको दोस्रो त्रैमासको तुलनामा यस आर्थिक बर्षको सोही अबधिमा खुद नाफा २६३.९४ प्रतिशतले बढाएको छ । फाईनान्सले चालु आर्थिक बर्षको छ महिनामा चार करोड ५१ लाख ९० हजार खुद नाफा गर्न सफल भएको छ । गत आर्थिक बर्षको यहि समयमा फाईनाइन्सको नाफा एक करोड २४ लाख १७ हजार रुपैँया रहेको थियो ।

ब्याज आम्दानी र सञ्चालन नाफा बढेपछि फाईनाइन्सले खुद नाफामा छलाङ मारेको हो । यस अवधिमा उसले खुद ब्याज आम्दानी अघिल्लो बर्षभन्दा ४९ प्रतिशतले बढाएर १० करोड ९१ लाख रुपैँया आर्जन गरेको छ । फाइनान्सको कुल सञ्चालन नाफा बढेर १७१.६२ प्रतिशतले बढि पाँच करोड ५५ लाख रुपैँया पुगेको छ ।

फाईनान्सले गत आर्थिक बर्षको खुद नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर दिएर चुक्ता पूँजी ३४ करोड १८ लाख पुर्याएको छ । गत आर्थिक बर्षमा चुक्ता पूँजी ३१ करोड ७ लाख रहेको थियो । फाईनान्सको जगेडा कोषमा गत बर्ष ११ करोड २७ लाख रुपैयाँ रहेकोमा बढेर १७ करोड ५३ लाख पुगेको छ । जगेडा कोष गतबर्ष भन्दा ५५.५५ प्रतिशतले बढेको हो ।

गत आर्थिक बर्षको दोस्रो त्रैमासमा ५.१७ प्रतिशत रहेको फाईनान्सको निस्क्रिय कर्जा चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बढेर ७.३४ प्रतिशतमा पुगेपनि दोस्रो त्रैमासमा फेरि ५.८३ प्रतिशतमा आएको छ । फाईनान्सको प्रति शेयर आम्दानी १३.२१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५१.३० रुपैँया तथा मूल्य आम्दानी अनुपात १८.६२ गुणा रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।