पुस मसान्तमा गुडविल र पोखरा फाइनान्समा कसको प्रगति कस्तो ?

Jan 29, 2017 Merolagani

गुडविल (GFCL) र पोखर फाइनान्स (PFL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा राम्रो प्रगति गरेको वित्तीय विबरण निकालेका छन् । पोखरा फाइनान्सले झण्डै ९० प्रतिशतले कमाई बढाएको विबरण निकाल्दा गुडविलले भने झण्डै ३० प्रतिशतले खुद नाफा बढाएको वित्तीय विबरण प्रकाशित गरेको छ ।

समिक्षा अवधिमा गुविललले दुई करोड ३८ लाख १२ हजार रुपैंयाको खुद नाफालाई बढाएर दुई करोड ९७ लाख ४३ हजार रुपैंया पुर्याएको छ । त्यसै गरी पोखरा फाइनान्सले गत आर्थिक वर्षको पुिस मसान्तको दुई करोड ५६ लाख ९६ हजार रुपैंयाको खुद नाफालाई बढाएर यस पटक चार करोड ८३ लाख १० हजार रुपैंया पुर्याएको छ ।

गुडविल फाइनान्सको चुक्ता पूँजी ४५ करोड ३७ लाख ५० हजार रुपैंया छ भने पोखराको ५५ करोड ७४ लाख २० हजार रुपैंया छ । गत आर्थिक वर्षको यसै अवधिमा गुडविलको पूँजी ३६ करोड ३० लाख तथा पोखराको ४९ करोड ११ लाख १९ हजार रुपैंया थियो । समिक्षा अवधिमा गुडबिलले पूँजी २५ प्रतिशतले बढाउँदा खुद नाफा २४ प्रतिशतले बढाएको हो भने पोखराले १३ प्रतिशतले पूँजी बढाउँदा ८८ प्रतिशतले खुद नाफा कमाएको हो । यस आधारमा हेर्दा गुडबिलको तुलनामा पोखरा फाइनान्सले उल्लेख्य प्रगति गरेको देखिन्छ ।

जगेडा कोषका आधारमा हेर्दा गुडविलसँग १२ करोड ६५ लाख २८ हजार रुपैंया सञ्चित छ भने पोखरासँग १७ करोड ६२ लाख १७ हजार रुपैंया सञ्चित छ । गुडबिलको चुक्ता पूँजीको २८ प्रतिशत रकम बराबरको जगेडा कोष देखिएको छ भने पोखराको साढे ३१ प्रतिशत । यसै आधारमा प्रतिसेयर आम्दानी मापन गर्दा गुडबिलको १३ रुपैंया ११ पैसा हुँदा पोखराको १७ रुपैंया ३३ पैसा छ ।

प्रतिसेयर आम्दानीका आधारमा गुडबिल गत आर्थिक वर्ष भन्दा कमजोर देखिँदा पोखराले भने फराकिलो अन्तरले प्रतिसेयर आम्दानी बढाएको छ । समिक्षा अवधिमा गुडबिलको प्रतिसेयर आम्दानी १३ रुपैंया १२ पैसाबाट १३ रुपैंया ११ पैसामा झरेको हो भने पोखराको १० रुपैंया ४६ पैसाबाट बढेर १७ रुपैंया ३३ पुगेको हो ।

निक्षेप संकलन तथा कर्जा परिचालनमा दुवै फाइनान्सले प्रगति गरेको वित्तीय विबरण निकालेका हुन् । यस क्रममा दुवै फाइनान्सले निष्कृय कर्जा अनुपात ३३ प्रतिशतको हारहारीमा घढाएका छन् । समिक्षा अवधिमा गुडविलको निष्कृय कर्जा अनुपात तीन दशमलव एक प्रतिशतबाट एक दशमलव ९९ प्रतिशतमा झरेको छ भने पोखराको दुई दशमलव तीन प्रतिशतबाट एक दशमलव ५१ प्रतिशतमा झरेको छ ।

गुडविलको प्रतिसेयर नेटवर्थ एक सय २७ रुपैंया ८९ पैसा छ भने पोखराको एक सय ३१ रुपैंया ६२ पैसा छ । लगानीकर्ताको चासोका रुपमा रहने मूल्य आम्दानी अनुपातका आधारमा हेर्दा गुडबलिको अनुपात ४३ दशमलव ४८ गुणा बढी हुँदा पोखराको जम्मा १४ दशमलव शुन्य आठ गुणाले मात्र बढी छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।