हाम्रोले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्ममा दुई करोड १५ लाख रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले १ करोड ३० लाख रुपैंया खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा हाम्रो विकास बैंकले निक्षेप संकलन ८५ करोड ८१ लाख रुपैंयाबाट बढाएर एक अर्ब १७ करोड २१ लाख रुपैँया पुर्याएको छ ।
समिक्षा अवधिमा बैंकले कर्जा प्रवाह पनि ६७ करोड १६ लाख रुपैंया रहेकोमा ३४ करोड ४८ लाखले वृद्धि गरि एक अर्ब एक करोड ६५ लाख पुर्याएको छ । कर्जा र निक्षपको मात्रा बढाए पछि हाम्रो विकास बैंकको खुद व्याज आम्दानी चार करोड ५५ लाख रुपैंयाबाट बढेर छ करोड २९ लाख रुपैँया पुगेको छ । बैंकले २९ लाख रुपैँया राईट ब्याक गरेको छ ।
हाल बैंकको चुक्ता पूँजी १५ करोड २९ लाख रुपैँया रहेको छ । यस अवधिमा बैंकको चुक्ता पूँजी गत बर्ष भन्दा तीन करोढ छ लाख रुपैँयाले वृद्धि भएको छ । बैंकको जगेडा कोष गत बर्ष २ करोड ३० लाख रुपैँया रहेकामा ६८.७० प्रतिशतले बढेर तीन करोड ८८ लाख रुपैँयाको हुन पुगेको छ ।
तीन जिल्ला कार्यक्षेत्र रहेको बैंकले समिक्षा अवधिमा निष्कृय कर्जा अनुपात शुन्य दशमलव ८३ प्रतिशतबाट घटाएर शुन्य दशमलव ६२ प्रतिशतमा झारेको छ । बैंकको प्रतिसेयर आम्दानी २८ रुपैँया १३ पैसा, प्रतिसेयर नेटनर्थ १२४ रुपैँया ८४ पैसा, पूँजीकोष अनुपात १६.१३ प्रतिशत तथा मूल्य आम्दानी अनुपात १४.२१ गुणा रहेको छ ।