प्राइम कमर्सियल बैंकको अध्यक्षमा कसले मार्यो बाजी ?

Jan 29, 2017 Merolagani

प्राइम कमर्सियल बैंक (PCBL) ले सञ्चालक समितिमा नयाँ अध्यक्ष चयन गरेको छ । बैंकको शनिबार बसेको सञ्चालक समितिको बैठकले उदय मोहन श्रेष्ठलाई बैंक सञ्चालक समितिको अध्यक्ष बनाउने निर्णय गरेको हो ।

माघ १२ गते साधारण सभा सम्पन्न भए पश्चात बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई संचालक समितिको अध्यक्ष पदमा सर्वसम्मतबाट निर्वाचित गरेको बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । श्रेष्ठ प्राइम बैंकमा विगत नौ वर्ष देखि संचालक समितिमा संचालकको रुपमा रहदै आएक थिए ।

बैंकका निवर्तमान अध्यक्ष उमेश श्रेष्ठले बैंकको संचालक तथा अध्यक्ष पदबाट राजिनामा पेश गरे पछि बैंठकले उक्त राजिनामा स्वीकृत समेत गरेको छ । पदीय परिर्वतन पश्चात रिक्त हुन आएको संचालक समिति सदस्य डा. विश्व केशर मास्केलाई नियूक्त गरिएको बैंकले जनाएको छ ।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।