घट्दो बजारमा एफपिओको चटारो, नियमन कति जरुरी ?

Jan 29, 2017 Merolagani

नेपालमा पहिलो पटक शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको मंसिर महिनामा प्रतिकित्ता छ सय ५० रुपैंयाका दरले पाँच लाख कित्ता थप नयाँ सेयर निष्काशन गरेको थियो । त्यस यता अहिले सम्म अरु चार कम्पनीले एफपिओ निष्काशन गरिसकेका छन् । तर पछिल्लो समय संस्थापक र साधारण सेयरको अनुपात मिलाउनेभन्दा पनि कमाउने भाँडोका रुपमा नयाँ सेयर निष्काशनको लहर बढ्न थालेको छ ।

छोटो समयको इतिहास बोकेको नयाँ सेयर निष्काशनको दौरानमा अहिले नौ कम्पनीले नयाँ सेयर निष्काशनको प्रस्ताव साधारण सभाबाट पारित गराई सकेका छन् । जस मध्ये तीन कम्पनी एफपिओ स्वीकृतिका लागि धितोपत्र बोर्ड समेत पुगिसकेका छन् । यसमा पनि शिखर इन्स्योरेन्स फेरी दोहोर्याएर एफपिओ नियष्काशन गर्ने तयारीमा छ । एफपिओको भिड कायमै रहँदा एकाएक एफपिओको अनियन्त्रित बाढी सुरु भएसँगै यसमा नियमनको नयाँ अध्याय सुरु हुने सम्भावना पनि बढेर गएको छ ।

एक पटक पछाडि फर्केर हेर्दा कसरी नयाँ सेयर निष्काशन भए भन्ने कुरा महत्वपुर्ण छ । पब्लिक कम्पनीको संस्थापक र सर्वसाधारणको सेयर अनुपात मिलान गर्नका लागि शिखर इन्सयेरेन्स र नेपाल इन्भेष्टमेण्ट बैंकले गत वर्ष नयाँ सेयर निष्काशन गरेका थिए । दुवै निष्काशन सोचेभन्दा सफल पनि भए र सेयर स्वामित्व परिवर्तन गर्न सहज हुने अनुमान सबैले लगाए । तर त्यहि सफलतालाई अहिले कमाई गर्ने मुख्य स्रोत बनाउँदै विभिन्न कम्पनीहरु धमाधम नयाँ सेयर निष्काशन गर्ने होडमा उत्रिएका छन् ।

गत वर्ष र यस वर्षमा गरी पाँच कम्पनीले एफपिओ गरिसकेका छन् । जहाँ शिखर इन्स्योरेन्सको एफपिओमा १३ दशमलव २३ गुणा बढी आवेदन परेको थियो भने रिलायन्स लोटस फाइनान्समा १० गुणा बढी आवेदन परेको थियो । त्यसै गरी नेपाल इन्भेष्टमेण्ट बैंकको एफपिओमा आठ दशमलव ८१ गुणा बढी आवेदन परेको थियो । त्यसको १० महिना पछि नेपाल एसबिआई बैंकले ६७ हजार कित्ता एफपिओ गर्दा ७३ गुणा बढी आवेदन गर्न गयो भने केही समय अघि मात्र नेपाल लाइफ इन्स्योरेन्सले निष्काशन गरेको एफपिओमा ११ गुणा बढी आवेदन परेको थियो ।


यी पाँच कम्पनीले एफपिओ गर्दा पाएको सफलतालाई पछ्याउँदै पहिलो पटक एफपिओ गरेको शिखर इन्स्योरेन्सले फेरी एफपिओ गरेर अर्बौ रुपैंया प्रिमियम उठाउने तयारी थालेको छ । बीमा व्यवशायबाट जति कमाई भए पनि एफपिओबाट अर्बौ रुपैंया प्रिमियम उठाएर वर्षैसम्म प्रतिफल दिन सक्ने भए पछि अरु कम्पनीले पनि सोही बाटो समात्नु स्वभाविक हो ।

यसै क्रममा यी तीन कम्पनी सेयर स्वामित्व परिमार्जनको उद्धेश्य देखाउँदै ठुलो रकम प्रिमियममा आर्जन गर्ने ध्येयका साथ धितोपत्र बोर्डमा पुगिसकेका छन् । अरु चार कम्पनी धितोपत्र बोर्ड जानका लागि साँझ बिहान भएर बसेको अवस्था छ । धितोपत्र बोर्डले पनि एफपिओको फेशन आएको भन्दै त्यसलाई नियमन गर्ने सोच बनाईसकेको छ । बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेका अनुसार दोहोर्याएर अनि अनावश्यक रुपमा किन एफपिओ निष्काशनको क्रम बढ्यो भन्नेमा बोर्डमा छलफल सुरु भैसकेको छ ।


अब शिखर इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, बुटबल पावर कम्पनी, सगरमाथा इन्स्योरेन्स, एनएमबी बैंक र स्टाण्डर्ड चार्टड बैंक नयाँ सेयर निष्काशनको बिगुल फुक्दै बोर्ड जानका लागि तयारी अवस्थामा छन् । तरलता अभावका कारण अर्थतन्त्रमा संकुचन आएको भान भैरहँदा यसरी एक पछि अर्को गर्दै अर्बौ रुपैंया सिमित कम्पनीले चरणबद्ध रुपमा बजारबाट उठाउँदा पर्ने असरलाई धितोपत्रबोर्ड लगायत नियमकले नियाल्नु पर्ने देखिन्छ । अहिले नेपाल लाइफ इन्स्योरेन्सको एफपिओले ५० अर्ब बढी रकम तान्दा मात्र पैसा कता गयो भनेर हल्ला भैरहँदा सात कम्पनीले धमाधम बजारको पैसा तान्दा अवस्था के होला भन्नेमा सोच्ने हो कि ?

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।