पुस मसान्तमा दश बाणिज्य बैंकमा कुन चैं तगडा ? (काउण्ट डाउन)

Jan 29, 2017 Merolagani

माघ १६ गते आईतबारसम्म दश वाणिज्य बैंकले दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेका छन् । वित्तिय विवरण सार्वजनिक गर्ने बैंकहरुले विभिन्न सुचकमा आफुलाई अब्बल देखाएका छन् । फरक सुचकहरुमा फरक फरक किसिमको प्रगति देखाएका बैंकहरुको आँकडा कस्तो देखियो त ? प्रस्तुत छ यो सामग्री ।

सेञ्चुरी कमर्सियल बैंक (CCBL) , सिटिजन्स बैंक ईन्टरनेशनल (CZBIL), ग्लोबल आईएमई बैंक (GBIME), मेगा बैंक (MEGA), नेपाल बंगालादेश बैंक (NBB), एनआईसि एसिया बैंक (NICA), प्रभु बैंक (PRVU), प्राईम कर्मसियल बैंक (PCBL), सानिमा बैंक (SANIMA) र सिद्धार्थ बैंक (SBL) ले आइतबारसम्ममा दोस्रो त्रैमासको वित्तीय विबरण प्रकाशित गरेका हुन् ।

कसले कति कमाए ?

चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा सबैभन्दा बढि खुद नाफा गर्ने बैंक प्रभु बैंक बनेको । छ जसले छ महिनामा एक अर्ब ११ करोड रुपैँया खुद नाफा गर्न सफल भएको छ ।

ग्लोबल आईएमई बैंक ९० करोड ६२ लाख खुद नाफा सहित दोस्रो स्थानमा रहँदा  एनआईसी एसिया बैंक ७३ करोड ४९ लाख खुद नाफा सहित तेस्रो स्थानमा छ । सिद्धार्थ बैंकले ७२ करोड ६० लाख खुद नाफा कमाएर आफुलाई काउण्टडाउनको चौथो स्थानमा छ । त्यसपछि सिटिजन्स बैंक ६३ करोड १६ लाख खुद नाफा सहित पाँचौ स्थानमा रहेकोको छ । त्यस्तै सानिमा बैंकले ६२ करोड २५ लाख खुद नाफा कमाएर छैठौं स्थान कब्जा गरेको छ । प्राईम कर्मसियल बैंकले ५५ करोड ९७ लाख खुद नाफा कमाउँदै सातौं स्थानमा आफुलाई उभ्याएको छ । आठौं स्थानमा रहेको नेपाल बंगालादेश बैंकले ५४ करोड ६ लाख रुपैँया खुद नाफा आर्जन गरेको छ । मेगा बैंक नवौं स्थानमा रहँदा ३७ करोड ९ लाख रुपैँया कमाएकोमा दशौं स्थानको सेञ्चुरी कमर्सियल बैंकले २२ करोड ३९ लाख रुपैँया खुद नाफा आर्जन गरेको छ ।

प्रतिसेयर आम्दानी आधारमा कुन बैंक कस्तो ?

दोस्रो त्रैमासिक वित्तिय विवरण सार्बजनीक गरेका दश बाणिज्य बैंकहरुमध्ये ३५ रुपैँया ९१ पैसा प्रतिसेयर आम्दानी भएको सिद्धार्थ बैंक शिर्ष स्थानमा रहेको छ । त्यसपछि नेपाल बंगालादेश बैंकको प्रतिसेयर आम्दानी २८ रुपैँया रहेको छ । तेस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैंकको प्रतिसेयर आम्दानी २५ रुपैँया ३५ पैसा रहेको छ ।

चौथो, पाँचौ, छैटौँ र सातौँ स्थानमा रहेका बैंकहरुमा एनआईसी एसिया, सानिमा , सिटिजन्स र प्राईम बैंक रहेका छन् । यी बैंकको प्रतिशेयर आम्दानी क्रमश २४ रुपैँया ८० पैसा, २३ रुपैँया ६५ पैसा, २२ रुपैँया ८१ पैसा र २२ रुपैँया ६६ पैसा रहेको छ । आठौँ स्थानमा रहेको बैंक प्रभु बैंकेको प्रतिसेयर आम्दानी १८ रुपैँया ९१ पैसा रहेको छ भने मेगा बैंक १८ रुपैँया ५४ पैसाका साथ नवौं बैंक बन्न पुगेको छ । दशौँ बैंकको रुपमा भने सेञ्चुरी कर्मर्सियल बैंक परेको छ जसको प्रतिसेयर आम्दानी १२ रुपैँया १४ पैसा रहेको छ ।

जगेडा कोष यस्तो छ

जगेडा कोषको आधारमा दश वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढि एनआईसी एसिया बैंक रहेको छ । उसको जगेडा कोषमा दुई अर्ब ६४ करोड ७९ लाख रुपैँया रहेको छ । नेपाल बंगलादेश बैंकको जगेडा कोष दोस्रो ठुलो रहेको छ जसको दुई अर्ब ५६ करोड ८२ लाख रुपैँया रहेको छ । सिद्धार्थ बैंकको जगेडाकोष दुई अर्ब ४७ करोड १८ लाख रुपैँयाको सञ्चिति रहेकाले तेस्रो ठुलो बनेको हो । त्यसपछि चौथो ठुलो जगेडाकोषमा प्राईम कर्मर्सियल बैंकको दुई अर्ब ४३ करोड ७३ लाख छ ।

ग्लोबल आईएमई बैंक दुई अर्ब ४६ करोड १३ लाखको जगेडा कोष सहित पाँचौं स्थानमा छ । सिटिजन्स एक अर्ब ९१ करोड ५२ लाख रुपैँया सहित छैठौं स्थानमा छ । सातौं स्थानमा रहेको सानिमा बैंकको एक अर्ब ४१ करोड ७५ लाख रुपैँया रहेको छ । प्रभु बैंक एक अर्ब ४१ करोड २२ लाख रुपैँया सहित जगेडा कोषका आधारमा आठौं स्थानमा छ । नवौं स्थानमा रहेको मेगा बैंकको एक अर्ब ३० करोड ७६ लाख र दशौं स्थानको सेञ्चुरी कमर्सियल बैंकको ८३ करोड ५९ लाख रुपैँया सञ्चित छ ।

कुन बैंकको चुक्ता पूँजी कति ?

चुक्ता पूँजीको आधारमा दश वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढि सात अर्ब १५ करोड रहेको ग्लोबल आईएमई बैंक अग्रस्थानमा रहेको छ । त्यस पछि दोस्रो स्थानमा रहेको प्रभु बैंकको पाँच अर्ब ८८ करोड १४ लाख रुपैँया चुक्ता पूँजी छ । तेस्रो स्थानमा रहेको एनआईसी एसियाको पाँच अर्ब ८१ करोड ९६ लाख रुपैँया, चौथो बनेको सिटिजन्सको पाँच अर्ब ५३ करोड ७३ लाख रुपैँया, पाँचौं स्थानमा रहेको सानिमा बैंकको पाँच अर्ब ३० करोड ५८ लाख रुपैँया र छैठौं स्थानमा रहेको सिद्धार्थ बैंकको पाँच अर्ब २३ करोड ५० लाख रुपैँया चुक्ता पूँजी रहेको छ ।

चुक्ता पूँजीको आधारमा सातौं, आठौं र नवौं बैंकहरु क्रमश प्राईम कर्मर्सियल बैंक, मेगा बैंक, नेपाल बंगालादेश बैंक रहेका छन् । जसमा प्राईमको चार अर्ब ९४ करोड तीन लाख, मेगा बैंकको चार अर्ब एक करोड २० लाख रुपैँया र नेपाल बंगालादेश बैंकको चार अर्ब एक करोड १७ लाख रुपैँया चुक्तापूँजी देखिन्छ । सबैभन्दा न्यून चुक्ता पूँजी रहेको सेञ्चुरी कमर्सियल बैंकको पूँजी तीन अर्ब ६८ करोड ९० लाख रुपैँया रहेको छ ।

प्रतिसेयर नेटवर्थका आधारमा पनि हेर्ने कि ?

प्रतिसेयर नेटवर्थका आधारमा सबैभन्दा अगाडि रहेको नेपाल बंगालादेश बैंकको १६४ रुपैँया रहेको छ । त्यसपछि दोस्रो प्राईम कर्मसियल बैंकले १४९.३४ रुपैँया कायम गरेको छ । तेस्रोमा एनआईसी एसिया बैंकको प्रतिसेयर नेटवर्थ १४५.५० रुपैँया रहेको छ ।

चौथोमा सिद्धार्थ बैंकको प्रतिसेयर नेटवर्थ १४७.२२ रुपैँया रहेको छ भने पाँचौ र छैटौं स्थानमा रहेको ग्लोबल आईएमई बैंक र सिटिजन्स बैंकको प्रतिसेयर नेटवर्थ समान १३४ रुपैँया रहेको छ । मेगा बैंकको प्रतिसेयर नेटवर्थ १३२.५९ रुपैँया तथा सानिमा बैंकको १२६.६९ रुपैँया र प्रभु बैंकको १२४.०१ रुपैँया रहेको छ । अन्तिममा रहेको सेञ्चुरी कमर्सियल बैंकको प्रतिसेयर नेटवर्थ १२२.६६ रुपैँया रहेको छ ।

खराब कर्जामा को अब्बल ?

दोस्रो त्रैमासिक वित्तिय विवरण सार्बजनीक गरेका दश बाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै मात्रामा खराब कर्जा घटाएर सानिमा बैंक अब्बल सावित भएको छ । बैंकको खराब कर्जा अनुपात शुन्य दशमलव ०१ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानीमा पछाडी परेपनि सेञ्चुरी कर्मर्सियल बैंकले खराब कर्जा भने शुन्य दशमलव ४७ प्रतिशत कायम गर्दै दोस्रो स्थानमा बसेको छ । खराब कर्जा शुन्य दशमलव ६७ प्रतिशतमा झारेको मेगा बैंक तथा शुन्य दशमलव ७२ प्रतिशतमा खराब कर्जा कायम गरेको एनआईसी एसिया बैंक क्रमश तेस्रो र चौथो स्थानमा रहेका छन् ।

त्यस्तै पाँचौ स्थानमा रहेको नेपाल बंगालादेश बैंकको खराब कर्जा अनुपात शुन्य दशमलव ९९ प्रतिशत तथा छैठौं
स्थानको सिटिजन्स बैंकको एक दशमलव ३२ प्रतिशत रहेको छ । एक दशमलव ३६ प्रतिशत खराब कर्जा रहेको प्राईम कर्मर्सियल सातौं तथा एक दशमलव ५० प्रतिशत रहेको सिद्धार्थ बैंक आठौं स्थानमा छन् । नवौं स्थानमा रहेको ग्लोवल बैंकको खराब कर्जा अनुपात एक दशमलव ६१ प्रतिशत रहेको छ भने दशौं स्थानमा रहेको प्रभु बैंकले खराव कर्जा अनुपात चार दशमलव ८८ प्रतिशतमा झारेर राष्ट्र बैंकले दिएको निर्देशन अनुसार पाँच प्रतिशत तल कायम गरेको छ ।

कर्जा निक्षेप अनुपात (सिसिडि) ८० प्रतिशत नजिक कुन बैंक ?

कर्जा निक्षेप अनुपातका आधारमा सबै बैंकहरु राष्ट्र बैंकले ताकेको मापदण्डको नजिक पुगेका छन् । ८० प्रतिशत निर्धारण गरिएको सिसिडिको सबैभन्दा नजिक पुग्ने बैंकमा सिटिजन्सको ७९.४० प्रतिशत तथा मेगा बैंकको ७९.३६ प्रतिशत अनुपात रहेको छ ।

सानिमा बैंकको कर्जा निक्षेप अनुपात ७८.६२ प्रतिशत, ग्लोबल आईएमई बैंकको ७८.४७ प्रतिशत, एनआईसी एसिया बैंकको ७८.४० प्रतिशत, सेञ्चुरी कमर्सियल बैंकको ७८.२८ प्रतिशत र नेपाल बंगालादेश बैंकको ७८.१९ प्रतिशत रहेको छ । त्यस्तै सिद्धार्थ बैंकको कर्जा निक्षेप अनुपात ७७.९२ प्रतिशत र प्राईम कर्मसियल बैंक ७६.३० प्रतिशत हुँदा प्रभु बैंकको ७५.३ प्रतिशत रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।