नेशनलको यो नाफा गत आर्थिक बर्षको यहि अवधिको तुलनामा १७२.८४ प्रतिशतले बढाएको हो भने मिथिलाको एक दशमलव ६२ प्रतिशत मात्र बढेको देखिन्छ । चुक्ता पूँजी अनुपातमा व्यवसाय विस्तार गर्न नसक्नु र कम्पनीको नाफा बढाउने मुख्य सुचक खुद ब्याज आम्दानी नै बढ्न नसकेपछि मिथिलाको खुद नाफा वृद्धि हुन नसकेको हो ।
गत बर्ष ७ करोडबाट १० करोड रुपैँया चुक्ता पूँजी बनाएको नेशनलले ब्याज आम्दानी मात्र ९ करोड ४८ लाख रुपैँया गर्न सफल भएको हो । उता मिथिलाले तीन करोड पाँच लाख रुपैँया खुद ब्याज आम्दानी गरेको देखिन्छ । नेशनलको गत बर्ष ब्याज आम्दानी पाँच करोड ९ लाख र मिसथलाको दुई करोड ३१ लाख रुपैँया रहेको थियो ।
समिक्षा अवधिमा नेशनलको जगेडा कोष दुई करोड ३४ लाखबाट छ करोड २५ लाखले बढेर आठ करोड ५९ लाख रुपैँया रहँदा मिथिलाको गत बर्षको छ महिनाको भन्दा ४० लाख २३ हजारले घटेर एक करोड २२ लाखमा सिमित भएको देखिन्छ । यस अवधिमा नेशनलले १७ करोड ६४ लाख निक्षेप संकलन गरि एक अर्व १२ करोड ९३ लाख रुपैँयाको कर्जा प्रवाह गरेको छ । उता मिथिलाले समिक्षा अवधिमा आठ करोड ६८ लाख निक्षेप संकलन र ३६ करोड ३० लाख कर्जा प्रवाह गरेको देखिन्छ ।
नेशनलले छ महिनाको अवधिमा एक दशमलव ४७ प्रतिशत रहेको खराब कर्जा अनुपात घटाएर शुन्य दशमलव ६९ प्रतिशतमा झारेको छ । मिथिलाले खराब कर्जा अनुपात भने चार दशमलव ३६ प्रतिशतबाट दुई लाख ४३ हजार राईट ब्याक गर्दा तीन दशमलव ६३ प्रतिशतमा झारेको छ ।
नेशनलको प्रतिसेयर आम्दानी बार्षिक ७५.५९ रुपैँया र प्रतिसेयर नेटवर्थ १८५.९३ रुपैँया रहेको छ । उता मिथिला लघुवित्त कम्पनीको प्रतिसेयर आम्दानी बार्षिक १५.९५ रुपैँया र प्रतिसेयर नेटवर्थ १२१.३८ रुपैँया रहेको देखिन्छ ।