कन्ट्री डेभलपमेन्ट बैंकको लोभलाग्दो प्रगति, खुद नाफा १५३ प्रतिशतले कसरी बढ्यो ?

Jan 31, 2017 merolagani

कन्ट्री डेभलपमेन्ट बैंक(CNDBL) ले चालु आर्थिक बर्षको छ महिनाको अवधिमा दुई करोड ३७ लाख रुपैँया खुद नाफा कमाएको छ । बैंकले गत बर्षभन्दा खुद नाफामा एक करोड ४३ लाख रुपैंया वृद्धि गरेको हो । यो वृद्धि १५३ प्रतिशत बढि हो ।

३५ करोड ६९ लाख रुपैँया चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा नौं करोड ५४ लाख रुपैँयाको सञ्चिति रहेको छ । गत बर्ष पुस मसान्तमा बैंकको चुक्ता पूँजी ३३ करोड २८ लाख र जगेडा कोष छ करोड ७७ लाख रुपैँयाको सञ्चिति रहेको थियो । बैंकको चुक्ता पूँजी ७.२५ प्रतिशत र जगेडा कोषमा ४०.९७ प्रतिशतको वृद्धि भएको हो ।

एक अर्ब ३९ करोड ७६ लाख निक्षेप संकलन गरि निक्षेप सरह नै एक अर्ब ३९ करोड ८२ लाख रुपैँया कर्जा परिचालन गरेको छ । बैंकको ब्याज आम्दानी सात करोड ८७ लाखबाट बढाएर समिक्षा अवधिमा नौं करोड नौं लाख रुपैँया पुर्याएको छ । बैंकको ब्याज आम्दानी गत बर्षको तुलनामा १५.४६ प्रतिशतले बढेको हो । बैंकले दुई करोड ८३ लाख रुपैँया सञ्चालन नाफा र ८९ लाख ६७ हजार रुपैँयाको राईटब्याक गरेको छ ।

बैंकको खराब कर्जा अनुपात भने १.५७ प्रतिशतबाट बढेर २.६९ प्रतिशतमा बढ्न पुगेको छ । प्रतिसेयर आम्दानी १३.३२ रुपैँया रहेको बैंकको प्रतिसेयर नेटवर्थ १२६.७४ रुपैँया रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।