बाणिज्य बैंकहरुमा पैसा ओईरिन थाल्यो, नेपाल लाईफ एफपीओको ५२ अर्ब परिचालन हुँदा राष्ट्र बैंकले २० अर्ब पठाउने

Jan 31, 2017 Merolagani

तिलक कोइराला

नेपाल लाईफको थप नयाँ साधारण सेयर ( एफपीओ) मा जम्मा भएको ५२ अर्ब र नेपाल राष्ट्र बैंकबाट आजै परिचालन हुन लागेको २० अर्ब रुपैयाँ बाणिज्य बैंकहरुमा पुग्दा अब तरलता संकट हट्ने निश्चित भएको छ ।

नेपाल लाईफको एफपीओमा जम्मा भएको ५२ अर्ब रुपैयाँ मध्ये ९ अर्ब सिद्धार्थ बैंकले राखेर अरु पैसा बाणिज्य बैंकहरुले लगेका छन् ।

सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी ध्रुब तिमिल्सिनाका अनुसार सबैभन्दा कम नेपाल बंगलादेश बैंकले ५० करोड लगेको छ भने रकम आबश्यक हुने अरु बाणिज्य बैंकले मागे जत्ति पैसा पाएका छन् ।

 बार्षिक १० प्रतिशत ब्याज तिर्ने गरी आगामी चैत्र पहिलो सातासम्मका लागि बैंकहरुले पैसा लगेका हुन् । नेपाल लाईफको एफपीओ चैत्रको पहिलो साताभित्रमा बाँडफाड हुने भएकाले त्यतिबेलासम्म बैंकहरुले पैसा चलाउन पाउने छन् ।

बाणिज्य बैंकहरुले एफपीओको पैसा आफुहरुले चलाउन पाए अहिलेको तरलता संकट समाधान हुने बताएपछि रकम बाँडिएको तिमिल्सिनाले बताए ।

उता, नेपाल राष्ट्र बैंकले पनि आजै २० अर्ब रुपैयाँ बैंकहरुमा पठाउँदैछ । एक बर्ष अवधिका लागि बिक्री गरेको राष्ट्र बैंक ऋण पत्र ६ महिनाको अवधि बाँकी हुँदै खिचेर बैंकहरुलाई रकम फिर्ता भुक्तानी गर्न लागिएको प्रबक्ता नारायणप्रसाद पौडेलले मेरोलगानी डटकमलाई बताए ।

उनले कर्जा पूँजी निक्षेप अर्थात सीसीडी रेसियो ८० ननाघेका बैंकहरुले यो रकम कर्जामा परिचालन गर्नसक्ने जनाएका छन् ।

उनले सरकारले केही ट्रेजरी नबिकरण नगरी रकम भुक्तानी गर्ने तयारी समेत थालेकाले अब तरलता संकट समाधान हुने बताए ।

पौडेलले भने -अब कर्जा परिचालन गर्न तरलता भएन भन्ने अबस्था रहँदैन ।

केही बैंकहरुले आफ्नो कर्जा पूँजी निक्षेप अनुपात ८० प्रतिशत नाघिसकेकाले त्यो बढाउन भन्दै महंगो ब्याजमा मुद्धती निक्षेप लिने सूचना जारी गर्दै आएका छन् । तरलता संकट समाधान भएसँगै त्यस्ता सूचनाहरु एकाएक हराउने संकेत देखिएको छ । बैंकहरुमा निक्षेपको भुक्तानी गर्न रकम अभाव नभएको तर थप कर्जा परिचालन गर्न मात्र समस्या परेको थियो । त्यही बहानामा बैंकहरुले कर्जाको ब्याज बढाएका छन् ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।