नेप्सेमा एकै दिनमा कुन कुन कम्पनीको थपियो डेढ करोड कित्ता सेयर ?

Jan 31, 2017 Merolagani

हकप्रदको चटारो अ िनगत आर्थिक वर्षको बोनस धमाधम बितरण हुँदै गर्दा त्यस्ता सेयर सुचिकरण पनि निरन्तर भैरहेका छन् । यसै क्रममा मंगलबार नेपाल स्टक एक्सचेञ्जमा पाँच कम्पनीले एक करोड ६७ लाख ९६ हजार एक सय ६४ कित्ता हकप्रद तथा बोनस सेयर सुचिकृत गरेका छन् । 

सेयर बजार ओरालो लाग्ने क्रमका बिच केही राहत देखिएका दिन छ वटा बैंक तथा वित्तीय संस्थाले यो परिमाणको सेयर सुचिकत गरेका हुन् ।

मंगलबार नेप्सेमा प्राइम कमर्शियल बैंक (PCBL) को सबैभन्दा धेरै अर्थात एक करोड २३ लाख ५० हजार आठ सय ७४ कित्ता हकप्रद सेयर सुचिकृत भएको छ । बैंकले केही समय अघि ३३ दशलमव ३३ प्रतिशत हकप्रद निष्काशन गरेको थियो । बैंकले हकप्रद सहितको पूँजीमा फेरी १७ दशमलव २५ प्रतिशत बोनसका लागि सेयरधनी पुस्तिका बन्द गरि साधारण सभा गरि सकेको छ । यो सेयर पनि केही दिनमा नै सुचिकृत हुनेछ ।

सुर्या लाइफ इन्स्योरेन्स (SLICL) को १२ लाख ५० हजार कित्ता हकप्रद सेयर पनि मंगलबार नै नेप्सेमा कारोबारका लागि सुचिकृत भएको छ । इन्स्योरेन्सले केही समय अघि २५ प्रतिशत हकप्रद निष्काशन गरेको थियो । कम्पनीले गत आर्थिक वर्षको कमाईबाट दिने लाभांस घोषणा गरिसकेको छैन ।

सिन्धु विकास बैंक (SINDU) ले मंगलबार नै नेप्सेमा १२ लाख नौ हजार तीन सय ७५ कित्ता हकप्रद तथा दुई लाख तीन हजार एक सय ७५ कित्ता बोनस सेयर सुचिकृत गरेको छ । बैंकले केही समय अघि ८० प्रतिशत हकप्रद निष्काशन गरी १७ प्रतिशत बोनस बितरण गरेको थियो ।

लक्ष्मी लघुवित्त (LLBS) ले नेप्सेमा ११ लाख कित्ता हकप्रद सेयर कारोबारका लागि सुचिकृत गराएको छ । उसले एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो । गत आर्थिक वर्षको कमाईबाट लघुवित्तले लगानीकर्तालाई बोनस नदिई हकप्रदले समेत पाउने गरी १० प्रतिशत नगद लाभांस मात्र बितरण गरेको थियो ।

तिनाउ डेभलपमेण्ट बैंक (TNBL) ले पनि मंगलबार नै नेप्सेमा छ लाख ८२ हजार सात सय ४० कित्ता बोनस सेयर सुचिकृत गराएको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई २५ प्रतिशत बोनस बितरण गरेको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।