मुक्तिनाथ बैंकको एक लाख १३ हजार कित्ता सेयरमा बोलकबोल गर्ने आज अन्तिम दिन

Feb 01, 2017 merolagani

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL)को सेयरमा बोलकबोल गर्ने म्याद बुधबार सकिदैछ । बैंकले संस्थापक र सर्बसाधारण गरी एक लाख १३ हजार छ सय ६० कित्ता सेयर बोलकबोल मार्फत बिक्री खुला गरेको छ । बैंकले असोज २१ देखि कात्तिक २५ गतेसम्म हकप्रदमा बिक्री नभएको सेयर माघ १२ गतेदेखि माघ १९ गते कार्यालय समयभित्र बोलकबोल मार्फत बिक्री गर्न लागेको हो ।

बैंकले सर्वसाधारण समूहतर्फको एक लाख तीन हजार एक सय ६७ कित्ता र १० हजार चार सय ९३ कित्ता संस्थापक सेयर बोलकबोलमा बेच्न लागेको हो ।

ईच्छुक लगानीकर्ताले बुधबारसम्म बोलकबोलमा आवेदन गर्न सक्नेछन् । लगानीकर्ताले कम्तिमा एक सय रुपैयाँ अंकित मूल्य तोकी त्यसभन्दा बढी अंकित मूल्य राखेर आवेदन गर्न सक्नेछन् । बैंकको सेयरमा बोलकबोल गर्नेले न्युनतम एक सय कित्तादेखि लिलाममा राखिएको सबै कित्ताको लागि आवेदन गर्न सक्नेछन् ।

बोलकबोल मार्फत सेयर लिलामी गर्न बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल तथा मुक्तिनाथ विकास बैंक, पृथ्विचोक, पोखराबाट आवेदन फारम लिन र बुझाउन सकिनेछ । विक्री प्रबन्धक एनआइबीएल क्यापिटलले बोलपत्र माघ २१ गते शुक्रबार दिउँसो ३ बजे लाजिम्पाटमा खोल्नेछ ।

सेयर बजार ओरालो लाग्ने क्रममा लगानीकर्ताले चनाखो भएर बोलकबोलमा सहभागि हुनु पर्ने सिद्धार्थ बैंकको सेयर लिलामीले देखाई सकेको छ । मंगलबार छ सय ६० रुपैंयासम्ममा किनबेच भएर बजार बढ्दा मुक्तिनाथको प्रतिकित्ता सेयर छ सय ९९ रुपैंयामा अन्तिम पटक कारोबार भएको थियो । बजार कता जान्छ भन्ने आँकलन गरी सोही अनुसार बोलकबोलमा सहभागि हुने लगानीकर्ताले नोक्सान व्यहोनु नपर्ने देखिन्छ ।

बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म २२ करोड नाफा कमाएको छ । चुक्ता पूँजी एक अर्ब ५३ करोड रहेको बैंकले निक्षेप १४ अर्ब तथा कर्जा १३ अर्ब नघाएको छ । बैंकको निस्क्रिय कर्जा अनुपात ०.१८ प्रतिशत रहेको छ । चुक्ता पूँजी दुई अर्ब ५० करोड पुर्याउन उसले ४० प्रतिशत हकप्रद बिक्रीमा ल्याउने प्रकृया अगाडि बढाउँदै छ । साथै बैंकले आफ्नो केन्द्रिय कार्यालय माघ १९ गते देखि पोखराबाट काठमाडौं कमलादीमा सारेको छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।