सिद्धार्थ बैंकको ३९ प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

Feb 01, 2017 merolagani

सिद्धार्थ बैंक (SBL) ले प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन हो । साधारणसभा प्रयोजनका लागि विहीबारबाट बैंकको सेयरधनी दर्ता पुस्तिका बन्द हुदैँछ । बैंकले गत बर्षको खुद नाफा र बिजिनेश युनिभर्सल डेभ्लपमेन्ट बैंकलाई मर्ज गर्दाबाट बचेको स्वापबाट लगानीकर्तालाई ३९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।



बैंकले यसअघि ४८.७५ प्रतिशत बोनस दिने प्रस्ताव गरे पनि केही समय अघि बिक्री गरेको २५ प्रतिशत हकप्रदलाई समेत हिसाब गर्दा त्यो ३९ प्रतिशत हुने कम्पनीले जनाएको छ । हकप्रदमा नबिकेको सेयर सकार्नेले समेत बैंकले प्रस्ताव गरेको लाभांस पाउनेछन् । बुधबार मात्रै बैंकले लिलामीमा राखेको सेयरको बाँडफाँट गरेको छ । 

कसले कतिमा सकार्यो सिद्धार्थ बैंकको लिलाममा राखिएको सेयर ?

कम्पनीले मर्ज गरे वापतको सुबिधाले छुट पाउने हुँदा बोनसको कर प्रयोजनका लागि भने नगद लाभांश प्रस्ताव गरेको छैन । बैंकले फागुन ५ गतेका लागि साधारणसभा राखेको छ ।

विजनेश युनिभर्सल डेभलपमेण्ट बैंकलाई गाभेको बैंकको ३ अर्ब ३ करोड रुपैंया चुक्तापूँजी रहेकोमा २५ प्रतिशत हकप्रद निष्काशन पश्चात बैंकको पूँजी ३ अर्ब ८० करोड हाराहारी पुगेको छ । बैंकले प्रस्ताव गरेको बोनस समेत समायोजन गर्दा बैंकको पूँजी ५ अर्ब २३ करोड पुगेको छ ।

आगामी फागुन पाँच गतेको साधारणसभाबाट बैंकले फेरि ३० प्रतिशत हकप्रदको प्रस्ताव पारित गर्देछ । हकप्रद पश्चात बैंकको चुक्ता पूँजी ६ अर्ब ८० करोड पुग्नेछ ।

सिद्धार्थ बैंकले फेरी ३० प्रतिशत हकप्रद निष्काशन गर्ने

बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा ७२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । 

किन घट्यो सिद्धार्थ बैंकको प्रति सेयर आम्दानी ?

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।