नबिल ईक्वीटी फण्डको कारोबार खुल्यो, प्रति इकाई दश रुपैयाँ

Feb 01, 2017 merolagani

नबिल ईन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले ल्याएको सामुहिक लगानी कोष नबिल ईक्वीटी फण्ड (NEF) को बुधबारबाट नेप्सेमा खरिदबिक्री खुलेको छ । नेपाल स्टक एक्सचेञ्जले इकाईको ओपनिङ मूल्य प्रतिइकाई दश रुपैयाँ तोकेको छ ।

नबिल ईक्वीटी फण्डले गता सता नेप्सेमा १२ करोड ५० लाख ईकाई नेप्सेमा सुचिकृत गराएको थियो ।

सेयर बजारमै लगानी गर्ने मुख्य उदेश्य सहित क्यापिटलले एक अर्ब रुपैयाँ मुल्य बराबरको योजना नबिल ईक्वीटी फण्ड सार्वजनिक गरेको थियो । तर फण्डको आकार भन्दा माग बढि भएपछि फण्डको आकार २५ प्रतिशतले बढाएर एक अर्ब २५ करोड पुर्याएको थियो ।

नबिल इक्वीटी फण्ड सात बर्षे अवधिका लागि नबिल ईन्भेष्टमेन्ट बैंकिङले व्यवस्थापन गरेको म्युचुअल फण्ड हो ।

जसको पुष महिनाको प्रतिएकाई खुद सम्पत्तिको मूल्य ९ रुपैंयाँ ८३ पैसा रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।