रुकुमको चार स्थानबाट प्रभु बैंकले एकैसाथ सुरु गर्यो शाखारहित वैंकिङ्ग सेवा

Feb 02, 2017 merolagani

प्रभु बैंक (PRVU)ले युके एड “सक्षम” को सहकार्यमा रुकुमका चार स्थान रन्मामैकोट,तकसेरा,काक्री र नायगाड प्वाङमा शाखा रहित वैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले दुर्गम क्षेत्रमा सहज बैंकिड सेवा उपलब्ध गराउने उदेश्यले यी शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

 रुकुम शाखाबाट शाखा रहित बैंकिङ्ग सेवा विस्तार भएसँगै बैंकले स्थानीयहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने विश्वास लिएको छ । यसबाट स्थानीयहरु पनि उत्साहित भएका बैंकले जनाएको छ ।

हाल प्रभुको चुक्ता पूँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । बैंकले दोस्रो त्रैमाससम्ममा एक अर्ब एघार करोड खुद नाफा कमाए निस्क्रिय कर्जामा घटाएर ४.८८ प्रतिशतमा झारेको छ । बैंकले संकटग्रस्त अबस्थामा पुगेका किष्ट, ग्राण्ड र नेपाल बिकास बैंकलाई किनेर कुशल व्यवस्थापन मार्फत राम्रो प्रगति गर्दे ग्राहकमा गुणस्तरिय सेवा प्रदान गर्दे आएको छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।