लक्ष्मी बैंकको चुक्ता पूँजी आठ अर्ब पुग्दा यस्तै प्रगतिले थेग्ला ?

Feb 03, 2017 Merolagani

लक्ष्मी बैंक(LBL)को दोस्रो त्रैमासको प्रगति बिबरण हेर्ने हो भने चुक्ता पूँजी आठ अर्ब पर्याउँदा उसको अबस्था उत्साहजनक नहुनसक्ने आँकलन गर्नेहरुलाई बल पुग्नसक्छ । तीन अर्ब तीन करोड चुक्ता पूँजीमा शत प्रतिशत हकप्रद ल्याउने घोषणा गरेको उसलाई सुरक्षित कारोबार बढाएर आम्दानी बढाउनु पर्ने चुनौति पनि थपिएको छ ।

लक्ष्मीले गत बर्षको दोस्रो त्रैमासको तुलनामा खुद नाफा बढाउनुलाई राम्रो मान्नुपर्ने कुरा एकातिर छ भने बिगतका बर्षहरुको बक्यौता बोनस र हकप्रद सेयर बिक्रीपछि उसको प्रति सेयर आम्दानी कसरी सन्तुलित हुनसक्छ भन्ने कुरा झन् गंभीर छ । ब्याज आम्दानी बढाएको बैंकले खर्चहरु नियन्त्रण गर्नुपर्ने आबश्यकता देखिएको छ ।

 

नोटः रकमलाई करोडमा देखाईएको छ । यसअघिको तुलनात्मक चार्टमा लक्ष्मी समूहको बिबरण पर्न गई अन्यथा भएकोले सच्याईएको छ -सम्पादक ।

विगत बर्षहरुमा बितरण गर्नुपर्ने बोनस लगानीकर्तालाई नबाड्दा चुक्ता पूँजी भन्दा जगेडा कोषमा धेरै रकम थुप्रिएको देखिन्छ, जुन सकारात्मक पक्ष हो । ३८ प्रतिशत बोनस प्रस्ताव गरेको बैंकले हकप्रदलाई समेत समायोजन गरेर बितरण गर्ने जनाएको छ । प्रोफेसनल दियालो विकास बैंकलाई एक्वायर गरिसकेको अबस्थामा यसपश्चात जारी गर्ने शतप्रतिशत हकप्रद समेतलाई समायोजन गर्दा बोनस १८.२९ प्रतिशत हुने स्पष्ट पारेको छ । प्रोफेसनल दियालोलाई लक्ष्मीले ५० प्रतिशत स्वापमा आफुमा समाहित गरेको हो ।

निक्षेप संकलनको तुलनामा कर्जा बिस्तार धेरै गर्दा उसको सीसीडी अनुपात खुम्चिएको छ ।

प्राफेसनल दियालो बिकास बैंकलाई आफुमा समाहित गरेकोमा त्यसको परिणाम तेस्रो त्रैमासमा मात्रै आउने छ । त्यो सँगै लक्ष्मीका लगानीकर्ताले हकप्रदको सास्ती ब्यहोर्दै चुक्ता पूँजी बृद्धिका लागि लगानी जुटाउन कसरी मेहनत गर्छन हेर्नुपर्ने भएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।