डिप्रोक्सले शतप्रतिशत हकप्रद र ३५ प्रतिशत बोनसका लागि कहिले गर्दैछ बुक क्लोज ?

Feb 03, 2017 Merolagani

राष्ट्रियस्तरको डिप्रोक्स लघुवित्त (DDBL) ले बोनस र हकप्रद निष्काशनका लागि एकै पटक सेयरधनी पुस्तिका बन्द गर्ने भएको छ । लघुत्तिले लामो समय लगाएर हकप्रदलाई अन्तिम रुप दिए पछि साधारण सभासँगै एकै पटक सेयरधनी पुस्तिका बन्द गर्न लागेको हो । लघुवित्तले शतप्रतिशत हकप्रद सहित ३५ प्रतिशत बोनस र १७ दशमलव ६३ प्रतिशत नगद लाभांस बितरण गर्दैछ ।

लघुवित्तले फागुन २३ गते सोमबार १५ औं बार्षिक साधारणसभा आह्वान गरेको छ । चितवनको भरतमारस्थित गार्डेन रिर्सोटमा बोलाइएको साधारण सभा प्रयोजनका लागि लघुवित्तले फागुन दुई गते बुकक्लोज गर्ने निर्णय गरेको छ । लघुवित्तले केही समय अघि धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको अनुमति पाएकोमा उक्त हकप्रदका लागि पनि सोही दिन बुकक्लोज गर्ने निर्णय गरेको हो । डिप्रोक्सको बोनस तथा हकप्रद सुरक्षित गर्न चाहने लगानीकर्ताले फागुन एक गतेसम्ममा लघुवित्तको सेयर खिरिद गर्नु पर्ने हुन्छ ।

अहिले लघुवित्तको चुक्ता पूँजी २५ करोड ७९ लाख रुपैंया छ । बोनस शेयर बितरण पश्चात लघुवित्तको चुक्ता पूँजी ३४ करोड ८१ लाख रुपैंया पुग्नेछ भने शतप्रतिशत हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी ६० करोड ६१ लाख रुपैंया पुग्नेछ ।

नबिल बैंक, कृषि विकास बैंक, नेपाल बैंक, विकास आयोजना सेवा केन्द्र, लुम्बिनी फाईनान्स एण्ड लिजिङ्ग कम्पनी लगायतका बैंक तथा वित्तीय क्षेत्रका बिशेषज्ञहरुको प्रत्यक्ष लगानी र वित्तीय सेवा मार्फत महिला सशक्तिकरण तथा गरिवी निवारणको मुख्य उद्देश्यका साथ लघुवित्तले ३६ जिल्लाका ६८ शाखाहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।