हकप्रद माथि हकप्रद बेच्न लागेको कञ्चन बैंकले दोस्रो त्रैमासमा कति कमायो ?

Feb 03, 2017 merolagani

गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा यस पटक कञ्चन डेभलपमेण्ट बैंक (KADBL)ले खुद नाफामा ३५.६७ प्रतिशतको अन्तरले सुधार गरेको छ । बैंकले चालु आर्थिक वर्षको दास्रो त्रैमासमा प्रकाशित गरेको अपरिष्किृत वित्तीय विवरण अनुसार दुई करोड ९७ लाख रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले दुई करोड १९ लाख रुपैंया खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा बैंकले निक्षेप संकलन एक अर्ब ६३ करोड रुपैंयाबाट बढाएर दुई अर्ब ३४ करोड रुपैँया पुर्याएको छ । समिक्षा अवधिमा बैंकले कर्जा प्रवाह एक अर्ब ३३ करोड रुपैंयाबाट बढाएर दुई अर्ब ७ करोड रुपैंया पुर्याएको छ ।

कर्जा र निक्षपको मात्रा बढाए पछि बैंकको खुद व्याज आम्दानी चार करोड ४१ लाख रुपैंयाबाट बढेर सात करोड ६४ लाख रुपैंया पुगेको छ । बैंकको सञ्चालन नाफा समेत दुई करोड ७० लाख रुपैँयाबाट बढेर चार करोड १८ लाख रुपैँया पुगेको छ ।

२४ बरोड ७५ लाख रुपैँया चुक्ता पूँजी रहेको कञ्चन डेभलपमेण्ट बैंकको जगेडा कोषमा छ करोड ३७ लाखको सञ्चिति रहेको छ । बैंकको प्रतिशेयर आम्दानी वार्षिक ३० रुपैंया ६ पैसा रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १५७.२० रुपैँया, मूल्य आम्दानी अनुपात १०.९५ गुणा रहेको छ ।

समिक्षा अवधिमा बैंकको निष्कृय कर्जा अनुपात भने एक दशमलव ११ प्रतिशतबाट बढेर एक दशमलव ९७ प्रतिशतमा उक्लेको छ । बैंकको प्रतिकित्ता शेयर विहिवार नेप्सेमा ३१० रुपैँयामा कारोबार भएको छ ।

कञ्चनपुर महेन्द्रनगरमा प्रधान कार्यालय रहेको बैंकले मंसिर २९ गतेसम्म कायम शेयरधनीलाई माघ २३ गतेसम्म ५० प्रतिशत हकप्रद बेचेपछि फेरी ३० प्रतिशत हकप्रद निष्काशन गरी चुक्तापूँजी बढाउने भएको छ । संस्थालाई उपयुक्त संस्थासँग मर्जर वा एक्वीनिशनको बाटो अँगाल्न पुस ९ गतेको साधारणसभाले अख्तियारी दिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।