१. कुनै कुनै विश्लेषकले सम्पुर्ण ओभरड्राफ्टलाई अनुत्पादनशील कर्जा भनेर विश्लेषण गरेको पाईयो । ओभरड्राफ्ट चालू पूँजी फ़ाइनैन्स गर्ने एक महत्वपूर्ण उपकरण र प्रोडक्ट हो । सवै खाले उधोग, व्यापार, सेवा व्यवसाय आदिले आफ्नो चालुपूजी फाईनान्स गर्न ओडी उपयोग गर्दै आएका छन् । राष्ट्र वैकले व्यक्तिगत ओडी रू १ करोड़ भन्दा बढी दिन नपाउने निर्देशन दिईसकेको छ । यसैले सम्पूर्ण ओडीलाई अनुत्पादनशिल कर्जा भनी गरेको विश्लेषण यथार्थपरक देखिदैन ।
२. अटोलोनलाई अनुत्पादनशील क्षेत्र भन्ने नामाकरण गर्दै यो क्षेत्रमा बैंकहरुले वढी लगानी गरेको भनी खुव आलोचना भईरहेको छ । वैंकहरूले २०७३ मंसिरसम्म आफ्नो कूल कर्जाको ७.४ ५ अटोलोन मा लगानी गरेको पाईएको छ । २०७३ आषाढ़मा अटोलोनको अंश कुल कर्जाको ६.६५ थियो । यो कर्जा अवस्था बैंकहरुले भएभरको सवै पैसा अटो लोन मै प्रवाह गरे भनेर प्रचार गरिएको स्थिति जस्तो होईन । वैकहरुले यो क्षेत्रमा गरेको लगानीलाई सम्पूर्ण नकारात्मक किसिमले हेर्नु भन्दा अघि हाम्रो देशमा सवारी साधनको आयातमा यति धेरै भंसार लाग्दा पनि मानिसहरुले किन कर्जा लिर्इ, लिर्इ सवारी साधान किन्छन त भन्ने प्रश्नको जवाफ खोज्नु उपयुक्त हुन्छ । मेरो विचारमा मुख्य कारण हाम्रो सार्वजनिक यातायात प्रणाली कमज़ोर हुनु हो । अहिले त कुनै पनि क्षेत्रमा लगानी गर्न वैकहरूसंग तरलता छैन, तर भविष्यमा वैकहरूले सुविधाजनक तरलता हुदा हूंदै अटोलोन दिन वन्द गरे वा राष्ट्र वैकले यस्तो कर्जा प्रवाह गर्न प्रतिबन्ध लगाएमा हाम्रो सार्वजनिक यातायात प्रणालीले उत्पन्न भार थेग्न सक्छ ?
३. वैंकहरुको धेरै आलोचना भएको अर्को क्षेत्र हो ( रियल स्टेट कर्जा र आवासीय व्यक्तिगत घर कर्जाहरु हुन । २०७३ मंसिर सम्म र २०७३ आषाढ़सम्म वैकहरुको रियल स्टेट कर्जाको अंश कुल वक्यौता कर्जाको क्रमशस् ६.४७ ५ र ६.४३ प्रतिशत थियो । यो कर्जा राष्ट्र वैकले रियल स्टेट कर्जाका लागि तोकेको कुल कर्जाको २५ प्रतिशतको सीमा भन्दा निकै कम छ । राष्ट्र वैकले समस्त रियल स्टेट कर्जाको २५ प्रतिशतको सीमा भित्र जग्गा ज़मीन ख़रीद तथा प्लटिंग कर्जा समेतका रियल स्टेट कर्जाका लागी १० प्रतिशत को सीमा क़ायम गरेको छ । यो उप वर्गको वास्तविक स्थिति वैकहरुलाई प्रकाशित गर्न नपर्ने भएता पनि यो कर्जा सीमा भित्र नै भएको अनुमान गर्न सकिन्छ ।
वैकहरुको रु १ करोड़ सम्मको आवासीय व्यक्तिगत घर कर्जा (जसलाई राष्ट्र वैकको परिभाषा अनुसार रियल स्टेट कर्जा मानिदैन) को वास्तविक स्थिति २०७३ आषाढ़ र २०७३ मंसिरमा क्रमशः कुल कर्जाको ८.५ ५ र ८.७५ थियो ।
रियल स्टेट प्रयोजनका लागि जग्गा ख़रीदका लागि प्रवाह गरिएको कर्जा (जो उल्लेख्य नभएको अनुमान गरिएको छ) शुद्ध रुपमा अनुत्पादनशील कर्जा मान्न सकिन्छ । तर घर, भवन र फ्लेट निर्माणले आफ्नै देशमा उत्पादन भएका सिमेन्ट, छड, वालुवा, गिट्टी र मज़दूर उपयोग गर्ने भएकाले त्यस क्षेत्रमा गएको कर्जालाई ज़िम्मेवार व्यक्तित्वहरूले समेत अनुत्पादनशील कर्जा भनेर आलोचना गरेको अलि उपयुक्त भएन जस्तो लाग्छ । भारतमा निर्माण उधोग फस्टाओस् भन्ने उदेश्य राख्दै आवासीय घर किन्न लिएको कर्जाको किस्ता (साँवाँ तथा व्याज दुवै) वरावरको रकम आयकरमा छुट दिईएको छ तर हामी यस्ता कर्जाहरुलाई रात दिन धारे हात लगाएर गाली गर्दै छौं ।
४. वैकहरुले अनुत्पादनशील क्षेत्रमा लगानी गरे भनेर चारै तर्फवाट आलोचना भएको अर्को क्षेत्र हो मार्जिन लैण्डिंग (शेयर धितो कर्जा) । यो हरेक हिसावले अनुत्पादनशील कर्जा हो तर यसको अंश कुल कर्जाको तुलनामा नगन्य छ । यो कर्जा २०७३ आषाढ़ मा कुल कर्जाको २.२४ प्रतिशत भएकोमा २०७३ मंसिरमा यसको अंश घटेर २.०९ ५ पुगेको छ ।
५. बासेल र राष्ट्र वैकले रु १ करोड सम्मका अटोलोन र घर कर्जा समेतलाई ( रेगुलेटरी रिटेल पोर्टफोलियो) कम कर्जा जोखिम भएको क्षेत्र मान्दै यस्ता कर्जालाई कम पूँजी भए पनि हुने व्यवस्था गरेको छ । जस्तै, कुनै उत्पादनमुलक उधोगलाई रु १०० को कर्जा दिईएको छ भने वैकले रु १० पूँजी छुट्याउनु पर्छ भने रू १०० कै अटोलोन र घर कर्जाको लागी क्रमशः रू ७.५ र रू ६ पूजी छुट्याए पुग्छ।
यसैले वैकहरुले राष्ट्र वैकले तोकेको सीमा भित्र वसेर र राष्ट्र वैकका अन्य निर्देशनहरू पालना गर्दै अटोलोन र घर कर्जा जस्ता संसार भरि नै कम जोखिम भएका कर्जा भनि स्थापित कर्जा प्रवाह गर्दा आलोच्य हुनु पर्ने स्थिति राम्रो होईन ।
-सामाग्री लेखकको वालबाट लिईएको हो ।