एसबीआई बैंकलाई खुद नाफा बढाए पनि प्रतिसेयर आम्दानी सन्तुलनमा राख्न मुस्किल

Feb 05, 2017 Merolagani

नेपाल एसबिआई बैंक(SBI)ले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा खुद नाफा २१.६० प्रतिशतले बढाएर ७५ करोड नघाएको छ तर पूँजी बढ्दा प्रति सेयर आम्दानीमा सन्तुलन कायम गर्न भने मुस्किल परेको छ ।

उसको गत बषको दोस्रो त्रैमासमा भन्दा प्रतिशेयर आम्दानी घटेको छ । गत बर्ष यही अवधिमा प्रतिसेयर आम्दानी ४० रुपैयाँ ४१ पैसा रहेकोमा यो बर्ष ३९ रुपैयाँ ०७ पैसामा झरेको छ । बैंकले चुक्ता पूँजीमा भएको वृद्धिको अनुपातमा व्यवसाय बिस्तार गर्न नसकेकाले प्रतिशेयर आम्दानी घट्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद नाफा वृद्धि भई ७५ करोड ८७ लाख रुपैयाँ पुगेको छ । बैंकले खुद ब्याज अम्दानीमा १७.१५ प्रतिशतले वृद्धि गरि एक अर्ब ४५ करोड १३ लाख रुपैँया आर्जन गरेको हो । बैंकको सञ्चालन नाफा पनि गत बर्ष ९२ करोड ७१ लाख रहेकोमा यो बर्ष २५.६२ प्रतिशतले बढेको छ ।

बैंकले चुक्ता पुँजीमा ८२ करोड ५६ लाख रुपैयाँ वृद्धि गरी ३ अर्ब ८८ करोड रुपैयाँ पुर्याएको छ । बैंकको जगेडा कोषमा ३ अर्ब ८५ करोड रुपैयाँको संचित छ । छ महिना अवधिमाच बैंकले ७७ अर्ब ५९ करोड ९३ लाख निक्षेप संकलन गरी ५९ अर्ब ७७ करोड २३ लाख रुपैँया कर्जा परिचालन गरेको देखिन्छ ।

बैंकले खराब कर्जा अनुपातलाई समिक्षा अवधिमा ०.१७ बाट घटेर ०.१२ प्रतिशतमा झारेको छ । सानिमा बैंकपछि निस्क्रिय कर्जा कम हुने बैंक एसबीआई नै भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १९९.२० पैसा,मूल्य आम्दानी अनुपात ३६.२९ गुणा रहेको छ ।
बैंकले गत आर्थिक बर्षको कमाईबाट २८ प्रतिशत बोनस घोषणा गरेको छ भने यही माघ २७ गते बोलाएको बार्षिक साधारणसभामा चालीस प्रतिशत हकप्रदको प्रस्ताव पनि लैजादै छ । पूँजी बढाए अनुसार खुद नाफापनि बढाउनु उसका लागि चुनौतिपूर्ण हुने देखिन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।