अरुण फाईनाइन्सलाई राष्ट्र बैंकले समस्याग्रस्तबाट हटाउन राखेका नौ शर्त के के हुन् ?

Feb 05, 2017 merolagani

नेपाल राष्ट्र बैंकले अरुण फाइनान्स लिमिटेड (ARUN) लाई शर्तहरु सहित समस्याग्रस्त सुचिबाट हटाएको छ । यससँगै फाईनाईन्सलाई नियमित रुपमा कारोवार गर्ने बाटो खुलेको छ । पूँजी वृद्धि योजना, वित्तीय स्रोतका आधार लगायत सम्बन्धमा प्रष्ट पार्न निर्देशन दिँदै राष्ट्र बैंकले फाइनान्सलाई समस्याग्रस्तको सूचीबाट हटाएको हो ।

फाइनान्सले राष्ट्र बैंकबाट जारी भएको एकीकृत निर्देशन अनुरुप चुक्ता पूँजी १५ करोड रुपैँया पुर्याएको, संस्थाले सम्पूर्ण निक्षेपकर्ताहरुलाई निक्षेप फिर्ता भुक्तानी गर्ने सम्वन्धी सूचना जारी गरेको, संस्थाको पूँजिकोष गत असारमा २४.८८ प्रतिशतले धनात्मक बन्न पुगेको, नयाँ लगानीकर्ताहरुको प्रवेश भई संचालक समितिको गठन भएका जस्ता कारणहरुलाई आधार बनाउँदै समस्याग्रस्त सुचिबाट हटाएको जनाएको छ । 

अन्य के के छन् राष्ट्र बैंकको फाईनाईन्सलाई तोकेका शर्तहरु

राष्ट्र बैंकल तलका नौं वटा शर्ताहरु पालना गर्ने गरि फाईनाईन्सलाई नियमित कारोबार सञ्चालन गर्न अनुमति दिएको हो । हेर्नुहोस् यस्ता छन्  राष्ट्र बैंकको नौं शर्त  

१. संस्थाको प्रवन्धपत्र तथा नियमावली प्रचलित कानून बमोजिम परिमार्जित गरी ३० दिन भित्र राष्ट्र बैंकमा पेश गर्नुपर्ने ।
२. पूँजी बृद्धि योजना तथा भावी ब्यवसायिक योजना तयार गरी ३० दिनभित्र यस बैंकमा पेश गर्नुपर्ने ।
३. वित्तीय श्रोत संकलन सम्वन्धमा यस बैंकबाट जारी निर्देशन बमोजिम गर्नुपर्ने ।
४. संस्थाको ऋण प्रवाह गर्ने नियम (Credit Policy Guidline) अद्यावधिक गरी लागू गर्नुपर्ने ।
५. २५ लाखभन्दा रुपैँयाभन्दा बढीको कर्जा प्रवाह यस बैंकका पूर्व स्वीकृतिमा मात्र गर्नुपर्ने ।
६. संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने ।
७. यस बैंकले विगतमा दिएका निर्देशनह? तथा संस्थागत सुशासन सम्वन्धी यस बैकबाट जारी निर्देशनको पूर्ण पालना गर्नुपर्ने ।
८. खराव कर्जालाई क्रमिक रुपमा तोकिएको ५ प्रतिशतको सीमामा ल्याउनु पर्ने ।
९. संस्थाको सञ्चित नोक्सानी क्रमिक रुपमा तोकिएको मापदण्डमा ल्याउनु पर्ने ।

अरुण फाइनान्स समस्याग्रस्तको सूचीबाट हट्यो, ९९ प्रतिशत संस्थापक सेयर हाथवे इन्भेष्टमेण्टले किन्यो

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।